6 years ago
July 18, 2019
एजेन्सी – ब्राजिलका स्टार फरवार्ड नेयमारले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने निर्णयमा अडिग रहेको जनाउँदै युरोपका ठूला क्लबसामू आफ्नो प्रस्ताव अगाडि बढाएका छन् ।
बार्सिलोना जाने हल्ला चलेपनि क्याटलान क्लबले एन्टोइन ग्रिज्मनलाई अनुबन्धन गर्न १ सय २० मिलियन युरो खर्चेपछि नेयमार आफ्नो पूर्वक्लब फर्कने सम्भावना कम भएको हो । बार्सिलोनाले ट्रान्सफर रकम मात्र नभएर टोलीमा सन्तुलन नहुने कारण पनि नेयमारलाई अनुबन्धन गर्नबाट पछाडि हटेको बुझिएको छ । बार्सिलोना जाने इच्छा व्यक्त गरेका नेयमारले उक्त प्रक्रिया सम्भव नभएपनि पीएसजी भने छाड्ने बताएका छन् ।
स्पेनी संचार मध्यम मुन्दो डेपोरटिभोका अनुसार नेयमारले पछिल्लो केहि दिनयता युरोप ठूला क्लब म्यानचेस्टर युनाइटेड, युभेन्ट्स, बायर्न म्युनिख, रियल म्याड्रिड लगायत क्लबमा आफैं सम्पर्क बढाएका छन् । उनले बार्सिलोना जाने सम्भावना कम देखेपछि पीएसजी छाड्ने प्रक्रिया सफल पार्न आफूलाई अन्य क्लबसमक्ष प्रस्तुत गरेका हुन् ।
बार्सिलोना र पीएसजीबीच पछिल्लो पटक नेयमारको ट्रान्सफरलाई लिएर भएको मतभेदका कारण पनि नेयमारको ट्रान्सफर सम्भव नहुने देखिएको हो । बार्सिलोनाले नेयमारको प्रस्थानपछि थियागो सिल्भा, मार्को भेराट्टी, आड्रीएन राबीओट लगायत खेलाडीलाई अनुबन्ध गर्ने प्रयास गरेपनि पीएसजीले त्यसलाई सफल हुन दिएन । पीएसजीले नेयमारलाई अनुबन्ध गर्न बार्सिलोनाले ३ सय मिलियन युरोको रिलिज कलज तिर्नुपर्ने माग राखेको छ । एटलेटिकोलाई नै १ सय २० मिलियन तिर्न धौधौ परेको बार्सिलोनालाई नेयमारको ट्रान्सफर भने सम्भव हुने देखिँदैन ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]