default_image

6 years ago

July 18, 2019

मेस्सीले आर्सनलविरुद्ध खेल्ने

84 views

0 Bookmark

एजेन्सी– बार्सिलोनाका सुपर स्टार नयाँ सिजनको तयारीमा सामेल हुनुअघिको समय परिवारलाई दिइरहेका छन् । छुट्टी मनाउने क्रममा उनी श्रीमती र बच्चाहरुसँग बीचमा रमाइरहेको देखिएका छन् । उनले समुद्रमा श्रीमती र बच्चाहरुसँग तस्बिर पनि खिचाएका छन् ।

अर्जेन्टिनाका कप्तान समेत रहेका मेस्सी प्रि सिजनको लागि टोलीमा कहिले आबद्ध हुन्छन् भन्ने अहिले नै टुंगो लागेको छैन । यद्दपी आर्सनलसँग अगस्ट ४ मा हुने खेलका लागि भने उनी उपलब्ध हुने पक्का भएको छ ।

कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएसँगै मेस्सी निकै निराश दिएका थिए । अब जुलाईको अन्तिम सम्ममा भने उनी टोलीमा फर्कने अपेक्षा गरिएको छ । अर्को साता बार्सिलोनाले जापान भ्रमण गर्दा भने मेस्सी हुने छैनन् ।

स्पेनिस ला लिगामा मेस्सीको पछिल्लो सिजन उत्कृष्ट रहेको थियो । टोलीलाई उपाधि दिलाउने क्रममा ३४ खेलमा उनले ३६ गोल गर्नुका साथै १५ एसिस्ट गरेका थिए । ३२ वर्षे मेस्सीले फेरि एक पटक युरोपिनयन गोल्डन बुट जितेका थिए । उनले सबै प्रतियोगितामा गरि गत सिजन ५१ गोल गरेका थिए ।

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

February 24, 2025

आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

Success

Thank you for your time.