default_image

6 years ago

July 16, 2019

आयाक्स कप्तान डे लिग्ट युभेन्टस जाने पक्का

96 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्स राष्ट्रिय टोली तथा आयाक्सका १९ वर्षीय डिफेन्डर म्यथिस डे लिग्ट इटालियन च्याम्पियन युभेन्टस आउने पक्का भएको छ । उनी मंगलबार युभेन्टस पुग्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

इटालियन संचार स्रोतले अनुसार डे लिग्ट ६२ मिलियन पाउन्डमा ५ वर्षका लागि युभेन्टस आउन सहमत भएको उल्लेख गरेको छ । जसअनुसार डी लिग्टको रिलिज क्लब १५० मिलियन पाउन्ड रहेको छ । उनको वार्षिक तलब ७.२ मिलियन पाउन्ड र बोनस हुने उल्लेख गरिएको छ ।

१९ वर्षीय डी लिग्टलाई अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस महारथी बार्सिलोना र फ्रेन्च लिग वान क्लब पीएसजी कसरतमा रहेका थिए  । गत जुनमा यूईएफए नेसन्स कपका दौरान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले आफुलाई युभेन्ट्समा आउन आग्रह गरेको नेदरल्यान्ड्सका डिफेन्डरले खुलाएका थिए ।

आयाक्सलाई गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनल पुर्याउन डे लिग्टले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले आयाक्सलाई लिग च्याम्पियन पनि बनाएका थिए । नेदरल्यान्ड्सबाट खेल्दै यूईएफए नेसन्स लिगको उपविजेता बनेका उनको टोली पोर्चुगलसँग फाइनलमा पराजित भएको थियो ।

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

February 24, 2025

आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

Success

Thank you for your time.