6 years ago
July 16, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ मा रेफ्रीविरुद्ध नकारात्मक अभिव्यक्ति दिएका अर्जेन्टिनाका कप्तान मेस्सीलाई अर्जेन्टिनाको खेलकुद अदालतले माफी माग्न निर्देशन दिएको छ ।
कोपा अमेरिका अन्तर्गत सेमिफाइनल खेलमा ब्राजिलविरुद्ध पराजित भएपछि मेस्सीले रेफ्रीले सहि निर्णय लिन नसकेको आरोप लगाएका थिए । त्यसपछि तेस्रो स्थानको लागि भएको खेलमा चिलीविरुद्ध मेस्सी रातो कार्ड खाँदै मैदान बाहिरीपछि उनले रेफ्रीले ब्राजिललाई सहयोग गरेको भन्दै अभिव्यक्ति दिएका थिए । यसका कारण मेस्सीलाई दक्षिण अमेरिकाको फुटबल संस्था कन्मेबलले कारवाहीको तयारी गरिरहेको छ ।
यसक्रममा कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्टका सदस्य गुस्टाभो अब्रिउले मेस्सीलाई माफी माग्न निर्देशन दिएका छन् । उनले मेस्सीलाई कडा कारवाही टार्नका लागि माफी माग्न भनेका हुन् । ‘ म मेस्सीलाई लामो कारवाहीबाट बन्चित हुन मन छ भने माफी माग भन्न चाहन्छु । अर्जेन्टिनी फुटबल संघले पनि मेस्सीलाई यस्तै निर्देशन दिनुपर्छ । उनले जे भने त्यो सहिद थिएन र यसका लागि लामो कारवाही हुन सक्छ,’ उनले प्रष्ट पारे ।
मेस्सीले चिलीविरुद्ध जितका बाबजुद पनि तेस्रो स्थानको पदक लिन अस्विकार गरेका थिए । अर्जेन्टिनाबाट अझैपनि उपाधि विहिन रहेका मेस्सीको अबको लक्ष्य २०२२ को विश्वकप हुनेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]