6 years ago
July 16, 2019
एजेन्सी – बार्सिलोनाका मिडफिल्डर फिलिप्पे कोउटिन्होका एजेन्टले उनी कुनै पनि अवस्थामा म्यानचेस्टर युनाइटेड जाने सम्भावना नरहेको बताएका छन् । तर, उनले लिभरपुल फर्कने सम्भावना भने एन्फिल्ड क्लबमा निर्भर गर्ने बताएका छन् ।
कोउटिन्हो गत जनवरीको ट्रान्सफर विन्डोमा १ सय ४२ मिलियन पाउन्डमा लिभरपुलबाट बार्सिलोना गएका थिए । तर यो १८ महिनाको बसाईमा उनले बार्सिलोनामा खासै प्रभाव पार्न सकेका छैनन् । हालै बार्सिलोनाले एन्टोइन ग्रिजमनलाई भित्राएपछि कोउटिन्होमाथि खतरा बढेको छ । तर त्यसको अर्थ उनी युनाइटेडमा भने नजाने उनका एजेन्ट केए जो ओराबिचिनले बताएका छन् ।
‘म्यानचेस्टर युनाइटेड ठूलो क्लब हो । मेरा खेलाडी त्यहाँ छन् । क्लब प्रति मेरो पुरा सम्मान छ । तर कोउटिन्हो त्यहाँ जाने विषय अहि कठिन मात्र होइन असम्भव नै लाग्छ,’ एजेन्टले भने,‘लिभरपुलको कट्टर प्रतिद्वन्द्वि टोलीबाट खेल्नु काउटिन्होका लागि कठिन हुनेछ । किनकी लिभरपुलप्रतिको उनको सम्मान बेग्लै छ । उनले त्यहाँ बिताएका समय अविस्मरणीय छन् ।’
एजेन्टले कोउटिन्हो लिभरपुलनै फर्कने विषयमा भने केहि सम्भावना रहेको बताए । यद्दपी त्यसका लागि क्लबको योजनामा निर्भर हुने बताए । ‘लिभरपुलले निकै राम्रो टोली बनाएको छ । अहिलेका प्रशिक्षकसँग सन्तुलित टोली छ उनले देशको उत्कृष्ट क्लब बनाएका छन्, उनले भने,‘ त्यो टोलीमा कोउटिन्होको आवश्यकता पर्छ पर्दैन त्यो क्लबले तय गर्ने विषय हो ।’
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]