6 years ago
July 16, 2019
एजेन्सी– प्रि सिजनको सुरुवातमा सामेल नभएका नेयमार अन्ततः पेरिस सेन्ट जर्मेन (पिएसजी) को अभ्यासमा फर्केका छन् । सन् २०१७ मा १ सय ९८ मिलियन पाउन्डमा पिएसजी पुगेयता नेयमार मैदान बाहिर र भित्र संघर्ष गरिरहेका छन् ।
यसपटक प्रि सिजनको सुरुवातमा क्लबको अभ्यासमा नफर्केपछि उनी थप विवादमा तानिएका थिए । क्लबले उनको बोनस रकम समेत काटेको छ । प्रि सिजन अभ्यास सुरु भएको एक साता पछि नेयमार क्लबको प्रशिक्षणमा फर्केका छन् ।
उनी सोमबार जिममा प्रशिक्षणका लागि सामेल भएका थिए । कोपा अमेरिकाका दौरान गोली गाठामा चोट लागेपछि उनी मैदान बाहिर रहँदै आएका छन् । उनले सोमबार जिमको वर्कआउटलाई इन्स्टाग्राममा अपलोड गरेका थिए ।
पिएसजीका अन्य खेलाडी प्रि सिजन तयारीमा जुट्दा नेयमार भने ब्राजिलमा फाइभ ए साइड फुटबलमा सहभागि भएका थिए । यहिबीचमा उनी पुरानो क्लब बार्सिलोना फर्कने हल्ला पनि चलिरहेको छ ।
पिएसजीका प्रमुख लियोनाद्रोले पनि बार्सिलोनासँग प्रारम्भिक छलफल भएको स्वीकार गरेका थिए । तर, यहि बीचमा बार्सिलोनाले १ सय ८ मिलियनमा एन्टोनी ग्रिजमनलाई भित्राएपछि नेयमारको सम्भावना कमजोर भएको आँकलन गरिएको छ ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]