6 years ago
July 15, 2019
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमारले आफू बार्सिलोनाबाट खेल्दा च्याम्पियन्स लिगमा पीएसजीलाई हराएको खेल हालसम्मकै उत्कृष्ट रहेको बताएका छन् ।
सन् २०१६-१७ को च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणमा बार्सिलोनाले अविश्वसनीय पुनरागमन गर्दै पीएसजीलाई पराजित गरेको थियो । पहिलो लेगमा पीएसजी ४-० ले विजयी रहेपछि अर्को चरणमा पुग्ने लगभग पक्का देखिएको थियो । तर दोस्रो लेगमा बार्सिलोनाले ६-१ को जित दर्ता गर्दै समग्रमा ६-५ को जितसँगै क्वाटरफाइनलमा पुगेको थियो । उक्त खेलमा नेयमारले मुख्य भूमिका निर्वाह गरेका थिए । उनले १ फ्रिकिक र १ पेनाल्टी गोलसँगै अन्तिम मिनेटमा सर्जी रोबर्टोको गोलमा असिस्ट दिएका थिए ।
नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी ट्रान्सफरमा पीएसजी पुगेका थिए । पछिल्लो समय पीएसजीसँग मनमुटाव बढेपछि उनी बार्सिलोना फर्कने हल्ला चलेको छ । यसक्रममा नेयमारले आफूले हाल खेलिरहेको क्लबविरुद्ध जित हात पारेको खेललाई आफ्नो उत्कृष्ट खेल रहेको बताए । ‘मेरो जीवनको उत्कृष्ट खेल भनेको बार्सिलोनाबाट खेल्दा पीएसजीविरुद्ध कम्ब्याक हो । जब हामीले छैटौं गोल गर्यौं, त्यो बेलाको अवस्था मैले शब्दमा बयान गर्न सक्दिन । म पागल जस्तै भएको थिएँ । त्यो मेरो करिअरको उत्कृष्ट क्षण हो,’ नेयमारले भने ।
नेयमारले गत साताबाट सुरु भएको पीएसजीको प्रशिक्षणमा सहभागी नभएपछि क्लबले उनलाई कारवाही समेत गरेको छ । नेयमारले अब सिजनको सुरुवातअघि बार्सिलोना जाने नजाने निर्णय भने केहि दिनमा नै लिनुपर्ने छ ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]