6 years ago
July 14, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले एट्लेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिजमनलाई आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।
बार्सिलोनाले दुई दिन अघि ग्रिजमनलाई १०८ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गर्ने पक्का गरेको थियो ।
बार्सिलोनाले नोउक्याम्पमा ग्रिजमनलाई हजारौं दर्शकमाझ सार्वजनिक गरेको हो । बार्सिलोनामा सार्वजनिक भएसँगै ग्रिजमनले आधुनिक फुटबलका हस्ती लियोनेल मेस्सीसँगै बार्सिलोनाबाट खेल्न पाउनुमा निकै उत्साहित रहेको बताएका छन् ।
‘म धेरै खुशी छु । म यहाँ नयाँ सहयात्री र टिमसँगै रहेर क्लबको लागि त्याग गर्न सक्छु ।’ ग्रिजमनले भने, ‘नयाँ क्लबमा पक्कै पनि मलाई यहाँ चुनौती छ । यो चुनौती सामना गर्न तयार छु ।’ उनले क्लबको लक्ष्य ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जित्नु हो । त्यसैका लागि हामी समर्पित हुने बताए ।
ग्रिजमनका वकिलले ला लिगाको मुख्यालयमा शुक्रबार सम्झौतामा तोकिएअनुसारको रिलिज क्लज बराबरको रकम तिरेपछि लामो समयदेखि ग्रिजमनको बार्सिलोना जाने प्रक्रिया पूरा भएको थियो ।
यसअघि बार्सिलोनाले ग्रिजमनको रिलिज क्लजको रकम किस्ताबन्दीमा तिर्ने प्रस्ताव राख्दा एटलेटिकोले निराशा व्यक्त गर्दै विज्ञप्ति नै जारि गरेको थियो । शुक्रबर रिलिज क्लब तिरेपछि बार्सिलोनाले ग्रिजमनलाई अनुबन्ध गर्न सबै बाधा फुकेको थियो ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]