default_image

6 years ago

July 13, 2019

‘हिरो टु हिरो’ मा राष्ट्रिय फुटबल खेलाडी संलग्न

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जापानी संस्था एनपीओ रियल वर्ल्डले नेपाली फुटबलको विकासमा निम्नस्तरबाट कदम चाल्ने लक्ष्यसहित सुरु गरेको ‘हिरो टु हिरो’ कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु संलग्न भएका छन् ।

‘हिरो टु हिरो’ कार्यक्रमको पहिलो चरणमा राष्ट्रिय टोलीका खेलाडीहरु किरण चेम्जोङ, विकेश कुथु, एलन न्यौपाने, रञ्‍जित धिमाल, सरोज दाहाल, देवेन्द्र तामाङ, नवयुग श्रेष्ठ लगायत मध्यपुर थिमीस्थित नर्थ पोइन्ट फुटसल पुगेका थिए । उक्त कार्यक्रममा थिमीका झन्डै ३ दर्जन स्थानीय बालबालिकालाई स्थानीय खेलाडी सरोज दाहालले खेल सामग्री हस्तान्तरण गरेका थिए । राष्ट्रिय टोलीबाट केहि साताअघि मात्र डेब्यु गरेका सरोजले लामो समयदेखि नेपालको शीर्ष डिभिजन लिग खेल्दै आएका छन् । उनले मध्यपुर युथ एसोसिएसन शीर्ष डिभिजनमा आउँदा टोलीको कप्तानी पनि गरेका थिए । हाल उनी संकटासँग आबद्ध छन् ।

एनपीओकी रियल वर्ल्डकी अध्यक्ष आया मियोशीका अनुसार ‘हिरो टु हिरो’ कार्यक्रमको मुख्य उद्देश्य कुनैपनि खेलाडीले आफ्नो स्थानीय स्तरमा रहेका युवा खेलाडीलाई आफूजस्तै हिरो बन्न प्रेरित गर्नु हो । स्थानीय खेलाडीमाझ ‘हिरो’ को परिचय बनाएका ति खेलाडीलाई युवा खेलाडीमाझ उतारेर उनीहरुको हौसला बढाउँदा ति युवा खेलाडीले पनि भविष्यमा हिरो बन्ने सपना बुन्न सक्ने उनको बुझाइ छ । यसका लागि एनपीओ रियल वर्ल्डले नै राष्ट्रिय खेलाडीहरुलाई खेल सामाग्री प्रदान गर्नेदेखि विभिन्न कार्यक्रममा संलग्न गराउने उनले जानकारी दिईन ।

आयाले नेपाली खेलाडीहरु आफैं पनि अन्तर्राष्ट्रिय स्तरका खेलाडी जस्तो आर्थिक अवस्थाले सबल नभएका कारण संस्थाले उनीहरुलाई सहयोग गरेको बताइन । ‘ नेपालको शीर्ष स्तरमा खेल्ने खेलाडी पनि सहयोग गर्ने अवस्थामा छैनन् । यसका लागि हामीले राष्ट्रिय खेलाडीहरुलाई पनि सहयोग गर्ने लक्ष्य राखेका छौं । खेलाडीहरु आफैंले पनि सहयोग पाएपछि आफूले समय दिएर अन्य युवा खेलाडीलाई सहयोग गर्न हौसला बढ्छ । हामीले यसैका लागि जे लिगका खेलाडीबाट पाएको सहयोग सिधै राष्ट्रिय खेलाडीलाई हस्तान्तरण गर्नेछौं,’ उनले भनिन् ।

आयालाई नेपालसम्म ल्याउन भने राष्ट्रिय टोलीबाट लामो समय खेलिसकेका फरवार्ड सन्तोष साहुखलको प्रमुख भूमिका छ । झन्डै ५ वर्षअघि जापान पुगेका सन्तोषले त्यहाँ खेल्नेक्रममा उनीसँग सम्पर्क बढाएका थिए । उनले यस संस्थासँग मिलेर यसअघि पनि थुप्रै खेल सामग्री वितरण लगायतका कार्यक्रम गर्दै आएका छन् । यसपटक भने ‘हिरो टु हिरो’ कार्यक्रमका लागि सन्तोषले राष्ट्रिय टोलीका खेलाडीसँग समन्वय गरिरहेका छन् ।

कार्यक्रमको पहिलो दिन थिमीका सरोज दाहालले खेल सामग्री वितरण गरेसँगै औपचारिक सुरुवात भएको छ । यसले आउने दिनमा वृहत रुप लिने संस्थाले जनाएको छ । राष्ट्रिय टोलीका खेलाडीहरुलाई सामाग्री उपलब्ध गराउने र उनीहरुले नै आफ्नो स्थानीय स्तरमा युवा खेलाडीहरुलाई खेल सामग्री वितरण गर्ने छन् । यसले राष्ट्रिय खेलाडीहरुको सँगै युवा खेलाडीहरुको पनि हौसला बढ्ने लक्ष्य संस्थाले राखेको छ ।

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

Success

Thank you for your time.