default_image

9 years ago

May 27, 2016

नेपाली फुटबल टोली लाओस पुग्दै

101 views

0 Bookmark

काठमाडौं – झन्डै छ महिनापछि अनिल गुरुङले राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्ने भएका छन् । गत बर्ष पुसमा भारतमा भएको साफ च्याम्पियनसिप नेपाली टोलीको नेतृत्व गरेका अनिल टोलीबाट हटाइएका थिए । माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप जित्दा अनिललगायत केही सिनियर खेलाडी टोलीमा अटेनन् । आइतबार लाओससँग हुने मैत्रीपूर्ण खेलका लागि उनीसँगै किरण चेम्जोङ, भरत खवास जस्ता खेलाडीले पनि पुनरागमन जनाएका छन् । टोली शुक्रबार लाओसतर्फ लागेको छ ।

लाओस प्रस्थान गर्नुअघि विदाईका क्रममा नेपाली फुटबल टोली ।

लाओस प्रस्थान गर्नुअघि विदाईका क्रममा नेपाली फुटबल टोली ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोलीको विदाइ गेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले टोलीको विदाइ गरेका थिए । विष्टले राष्ट्रि टोलीका फरवार्ड विमल घर्तीमगरको बहिनीको मृत्युको खबरले आफूलाई दुःखी बनाएको बताए । नेपाली टोली दिउसो लाओसका लागि उडेको थियो भने विमल बिहानमात्र बेल्जियमबाट स्वदेश फर्केका थिए । बिहीबार बहिनी मनिषा घरमा मृत फेला परेपछि बेल्जियम यात्रा छोट्याएर विमल घर फर्केका थिए ।

लाओसविरुद्धको राष्ट्रिय फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु

रक्षक – रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, विराज महर्जन

मिडफिल्ड – प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, राजेन्द्र रावल, अन्जन विष्ट, जगजित श्रेष्ठ

फरवार्ड – भरत खवास, नवयुग श्रेष्ठ, अनिल गुरुङ, सुनिल बल

मुख्य प्रशिक्षक – कोजी ग्योटुकु

प्रशिक्षक – राजुकाजी शाक्य

व्यवस्थापक – विराजजंग शाही

चिकित्सक – राजु डंगोल महर्जन

अफिसियल – राजेश श्रेष्ठ, राजेशराम श्रेष्ठ, कर्मा गुरुङ र प्रभात शाह

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.