default_image

6 years ago

July 12, 2019

रोनाल्डो र नेयमार सँगै!

85 views

0 Bookmark

एजेन्सी– आधुनिक फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र नेयमार जुनियर सँगै एउटा विज्ञापनमा देखिने भएका छन् । उनीहरु दुई सम्मलिन विज्ञापन केहि समयमा सार्वजनिक हुनेछ ।

युभेन्ट्सका रोनाल्डोले साथी रिचार्ड रेजुफीको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । यी तीन जनाको भेट अप्रिलमा भएको बताइएको छ । तर, कतिपय समर्थकले भने त्यो फोटो टुरिनमा हालसालै खिचिएको बताएका छन् ।

ब्राजिलियन सुपर स्टार नेयमार हालै पेरिस सेन्ट जर्मेन (पिएसजी) को प्रशिक्षणमा सामेल नभएपछि उनी क्लब छाड्न चाहिरहेको हल्ला थप चुलिएको छ । तर उनी अहिले ब्राजिलमै रहेको बताइएको छ ।

बार्सिलोनाका पूर्व स्टार यो साता टुरीन नगएको दाबी गरिएको छ । उनी अहिले पनि ब्राजिल मै छन् । छोरासँग फुट भली खेलेको भिडीयो हालै उनले इन्स्टाग्राममा राखेका छन् । केहि विज्ञापनका लागि उनी अहिले पनि ब्राजिलमै रहेको बताइएको छ । जसका कारण उनी यो साता सुरु भएको पिएसजीको अभ्यासमा सामेल हुन सकेनन् ।

अभ्यासमा सामेल नभएकै कारण पिएसजीले नेयमारलाई जरिवाना गरेको छ । यद्दपी उनी जुलाई १५ पछि अभ्यासमा सामेल हुने विश्वास गरिएको छ । पीएसजीले भने उनलाई कारवाही गर्ने निर्णय गरेको छ ।

February 24, 2025

लिभरपुलद्वारा सिटी पराजित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

Success

Thank you for your time.