6 years ago
July 12, 2019
एजेन्सी– अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सी कोपा अमेरिका २०१९ को उत्कृष्ट ११ मा पर्न असफल भएका छन् । पछिल्लो दुई संस्करणमा उत्कृष्ट ११ मा पर्न सफल मेस्सी यसपटक भने पर्न सकेनन् ।
कोपा उत्कृष्ट ११ छनोट दक्षिण अमेरिकी महासंघका प्रशिक्षकहरुले गर्ने गर्छन् । कोपाको विजेता ब्राजिलबाट उत्कृष्ट ११ मा ५ खेलाडी पर्न सफल भएका छन् भने पेरुका २, अर्जेन्टिना, कोलम्बिया, उरुग्वे र चिलीका समान १ खेलाडी परेका छन् ।
ब्राजिलका एलिसन बेककेर, डानी एल्भेस, थिएगो सिल्भा, अर्थर र एभर्टन उत्कृष्ट ११ मा छन् । त्यस्तै पेरुका मिगेल ट्राउको र पाउलो गुरेरो तथा अर्जेन्टिनाका लियान्ड्रो पारेडेस छन् । ३१ वर्षे मेस्सी विपक्षीबाट सबैभन्दा बढी फल खाएका खेलाडी हुन् ।
मेस्सी यसपटक विभिन्न कारणले पटक पटक विवादमा परेका थिए । चिलीविरुद्धको तेस्रो स्थानको खेल २–१ को जित निकाल्दा मेस्सीले रातो कार्डको सामना गर्नुपरेको थियो । ब्राजिलविरुद्धको खेलमा रेफ्रीले पक्षपात गरेको भन्दै उनले समापन समारोह पनि बहिष्कार गरेका थिए ।
सन् २०१५ र २०१६ को कापा अमेरिकाको उत्कृष्ट ११ मा परेका मेस्सीले अर्को संस्करण पनि खेल्छन् खेल्दैनन् भन्ने अहिले एकिन गर्ने अवस्था छैन ।
कोपा उत्कृष्ट ११
एलिसन बेकर(ब्राजिल)
डानी आल्भेस (ब्राजिल), जोसे मारिया जिमेनेज (उरुग्वेज), थियागो सिल्भा (ब्राजिल), मिगुयल ट्राउको (पेरु)
आर्थर (ब्राजिल), लियोन्ड्रो पारेडेस (अर्जेन्टिना), अर्टुरो भिडाल (चिली)
हामेस रोड्रिग्वेज (कोलोम्बिया), पाउलो गुरेरो (पेरु), एभर्टन (ब्राजिल)
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]