6 years ago
July 11, 2019
एजेन्सी – अर्जेन्टिनी महान फुटबल खेलाडी डिएगो म्यारोडोनाका छोराले हामेस रोड्रिग्वेज एसएससी नेपोली जाने खबरले आफु उत्साहित भएको बताएको छन् । रियल म्याड्रिडबाट दुई वर्षका लागि बायर्न म्युनिख पुगेका कोलम्बियन स्टार रोड्रिग्वेजले अब इटालियन क्लब रोज्ने अनुमान गरिएको छ ।
उनी नेपोली जाने भन्ने समाचारमा मैले हरेक पटक कमेन्ट गरेको छु, म्यारोडोनाका छोराले भनेका छन्, ‘म एक किसिमले उनीमाथि दबाब पनि बनाइएरहेको छु । हालै उनले मेरो कमेन्टमा लाइक पनि गरेका छन्।’
रोड्रिग्वेज नेपोली जानु आफ्नो सपना पुरा भए सरह हुने पनि म्यारोडोना जुनियरले बताएका छन् । ‘उनी प्रतिभावान खेलाडी हुन् । उनको बायाँ खुट्टा निकै राम्रो चल्छ । उनको आबद्धताले क्लबले राम्रो गर्न सक्छ,’ उनले भने, ‘उनलाई सहरले खुला मनले स्वागत गर्नेछन् । मलाई विश्वास छ उनले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्नेछन् ।’
८० र ९० को दशकमा म्यारोडोनाले सफल सिजनहरु बिताएका थिए । जसले उनलाई त्यहाँ सम्मानका साथ हेरिन्छ । तर, म्याराडोनाका छोराले आफ्नो बाबुले लगाउने जर्सी १० का विषयमा बिर्सन भनेका छन् ।
‘१० नम्बर जर्सी नछोउ । त्यो हाम्रो परिवारको सम्पत्ती हो । त्यो मेरो बुबाको हो ,’ उनले भनेका छन्, ‘पहिला हिगुइन गोन्जालोलाई दिइने हल्ला थियो ।’ नेपोलीले म्याराडोनाको सम्मानमा उनको सन्न्यासपछि कुनै खेलाडीलाई १० नम्बर जर्सी लगाउन दिएको छैन ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]