default_image

6 years ago

July 10, 2019

‘रोनाल्डोसँग नदाँज्नुहोस्, म आफैं इतिहास बनाउँछु’ – फेलिक्स

78 views

0 Bookmark

एजेन्सी – एटलेटिको म्याड्रिडका युवा फरवार्ड जोआओ फेलिक्सले स्पेनिस लिगमा आफ्नै इतिहास लेख्न आतुर रहेको बताएका छन् ।

फेलिक्स गतसाता मात्र १ सय २६ मिलियन युरोमा बेन्फिकाबाट एटलेटिको म्याड्रिड आएका थिए । उनलाई एटलेटिकोले ७ नम्बर जर्सी दिँदै टोलीको महत्त्वपूर्ण खेलाडी रहेको समेत संकेत दिएको छ । रियल म्याड्रिडमा रहँदा फेलिक्सका पोर्चुगलका सहकर्मी क्रिस्टियानो रोनाल्डोले पनि ७ नम्बर जर्सी नै लगाएका थिए । फेलिक्सले रोनाल्डोसँग स्पेन र विशेषगरि म्याड्रिडको विषयमा सल्लाह लिएको बताए ।

फेलिक्सले रोनाल्डोसँग उनको तुलना नगर्न पनि आग्रह गरे । ‘क्रिस्टियानो विश्वकै उत्कृष्ट खेलाडी हुन् । हामी पोर्चुगलबाट सँगै खेल्दा उनले मलाई म्याड्रिडको निकै प्रशंसा गरे,’ उनले थपे, ‘म यहाँ आफ्नो इतिहास लेख्न आएको हुँ र मेरो नामबाट नै चिनिन चाहन्छु । रोनाल्डोसँग तुलना गर्नुभन्दा मा आफ्नो नाम बनाउन चाहन्छु ।’

‘म एटलेटिकोसँग इतिहास बनाउने लक्ष्यसहित यहाँ आएको छु । बजारमा के भयो भन्दापनि म मैदानमा कस्तो प्रदर्शन गर्ने भन्नेमा ध्यान दिन चाहन्छु । बजारको भाउ मेरो हातमा छैन तर मेरो प्रदर्शनका लागि म जिम्मेवार हुन्छु ,’ उनले भने ।

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.