9 years ago
May 27, 2016
काठमाडौं –
राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीमगरकी बहिनी मनिषा को मृत्यको कारण पत्ता लाग्ला वा नलाग्ला सर्वत्र चासो बढेको छ । बिहीबार बिहान नवलपरासी बर्दघाट नगरपालिकाको आफ्नै घरमा मृत अवस्थामा भेटिएकी मनिषाको शुक्रबार पोष्टमार्टमपछि अन्त्यष्टि गरिएको छ । तर, उनको मृत्यु हत्या वा आत्म हत्याका कारण भएको थियो भन्ने अझै एकिन भएको छैन । पोष्टमार्टमको रिपोर्ट आउन दुई दिन लाग्ने चिकित्सकहरुले बताएका छन् ।
शुक्रबार नै बेल्जियमबाट फर्केका बिलम मनिषाको अत्यष्टिपछि शुक्रबार आमालाई लिएर घर गएका छन् । तर, उनीकी बहिनीको मृत्युका रहस्य खुल्न अझै कति दिन लाग्ला यसै भन्न सकिन्न । अहिले मनिषाको हत्या गरिएको र त्यसमा उनै प्रेमी नवलपरासीकै आशिष चौधरीको संलग्नलता रहेको शंका गरिएको छ । यद्दपी चौधरीले हत्या आफुले नगरेको बताउँदै आएका छन् । तथापी मनिषाको मृत्यु भएको दिन उनीसँग आफ्नो झगडा भएको चौधरीले स्वीकार्नुले पनि धेरेको शंका उनीमाथि नै केन्द्रित छ ।
नातेदार, साथी र छिमेकीले भने मनिषा सरल स्वभाविक रहेकी र उनले आत्महत्या गर्नै नसक्ने जनाउँदै उनको हत्या भएको आशंका गरेका छन् । शुक्रबार नै सांसदहरुले पनि मनिषाको हत्याको सुक्ष्म अनुसन्धानका लागि आवाज उठाएका छन् । देशभरबाट चिन्ता व्यक्त गयिरएको मृत्यको वास्तविकता जनसमक्ष आउला ? त्यसका लागि भने केही दिन कुर्नै पर्ने हुन्छ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]