6 years ago
July 8, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ को उपाधि ब्राजिलले जितेको छ । फाइनलमा पेरुलाई ३-१ ले पराजित गर्दै ब्राजिल नवौं पटक च्याम्पियन बनेको हो ।
प्रतियोगिता अवधिभर अपराजित रहेको ब्राजिलले यसक्रममा १ गोल मात्र खायो । फाइनलमा पाउलो गुरेरोले पेनाल्टीमा गरेको गोल ब्राजिलका गोलरक्षक एलिसन बेकरले खाएको एकमात्र गोल थियो । यससँगै ब्राजिलले प्रतियोगिताको व्यक्तिगत विधातर्फको पुरस्कारमा पनि वर्चस्व जमाएको छ ।
उत्कृष्ट खेलाडी : ड्यानी आल्भेस (ब्राजिल)
गोल्डेन ग्लोभ्स (उत्कृष्ट गोलरक्षक) : एलिसन बेकर (ब्राजिल)
उत्कृष्ट युवा खेलाडी : एभरटन सोआएस (ब्राजिल)
सर्वाधिक गोलकर्ता : एभरटन सोआरेस (ब्राजिल) र पाउलो गुरेरो (पेरु) – ३ गोल
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]