6 years ago
July 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला लिगको पहिलो दिन शनिबार अनुशासित ब्वाइज क्लब, वाइल्ड स्पोर्टस र चावहित क्लब विजयी भएका छन् ।
पहिलो खेलमा अनुशासितले चालचा टोल सुधारलाई २–१ हरायो । अनुशासितका लािग विशाल तामाङ र खेम घिसिङले गोल गरे । पराजित टोलीका लागि बरुण खत्रीले गोल फर्काए ।
सुवास गुरुङको गोलमा वाइल्ड स्पोर्टसले सानो गौचरन एकेडेमीलाई १–० ले पराजित गर्यो । अर्को खेलमा चावहिलले दक्षिणकाली पिभिसीलाई ३–० ले हरायो । जसमा विशाल राईले २ र पराग लामाले १ गोल गरे ।
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर सनिश श्रेष्ठले इन्ज्युरी समयको अन्तिम क्षणमा पूर्व क्लब एपिएफविरुद्ध गोल गर्दा मच्छिन्द्रले सभापति कप २०८१ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा मच्छिन्द्रले एपिएफमाथि १-० को जित दर्ता गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा सनिशले इन्ज्युरी समयको आठौँ मिनेटमा गोल गरेका थिए । खेल गोलरहित […]
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब एन्फा महिला लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। अमृता जैसीको निर्णायक गोलमा बागमती युथ क्लबलाई १-० ले हराउँदै पुलिस दोस्रो क्वालिफायरमा पुगेको हो। लिगमा बागमतीको यात्रा टुंगिएको छ। सातदोबाटो स्थित एन्फाको मैदान अमृताले इन्ज्युरी समयमा गोल गर्दैै पुलिसलाई जित दिलाएकी हुन् ।पुलिसले एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल […]
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]