6 years ago
July 6, 2019
एजेन्सी – इटालियन क्लब युभेन्टसका गोलरक्षक जियानलुइजी बुफोनले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग खेल्न पाउनु उत्कृष्ट उपहार रहेको बताएका छन् ।
यसै साता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर युभेन्टस फर्किएका बुफोनले गत सिजन फ्रान्सेली लिगको उपाधि जितेका थिए । पीएसजीले उनलाई क्लबमा नै रहने प्रस्ताव राखेपनि उनले युभेन्टस फर्कने निर्णय गरेका हुन् । उनले १७ वर्ष क्लबमा बिताउँदै थुप्रै सफलता हात परेका थिए । बुफोनले करिअरको अन्त्य इटालीमा नै गर्ने निर्णय लिएका हुन् ।
इटालीको राष्ट्रिय टोलीबाट संन्यास लिइसकेका ४१ वर्षीय गोलरक्षक बुफोनले एक वर्षको लागि सम्झौता गरेका छन् । उनले अनुबन्धपछि पत्रकार सम्मेलनमा बोल्ने क्रममा रोनाल्डोसँग खेल्न उत्साहित रहेको बताए ।
‘यो एकदम सुन्दर अवसर हो । मैले गत सिजन नेयमार र एम्बाप्पेसँग खेल्न पाएँ । अब रोनाल्डोसँग खेल्ने अवसर दिएकोमा म युभेन्टसलाई धन्यवाद दिन चाहन्छु,’ उनले थपे, ‘ मैले फुटबलमा लामो समय खेल्दै निकै अनुभव बटुलेको छु । ऐतिहासिक करिअरको अन्त्यमा उत्कृष्ट उपहार पाएको महसुस भएको छ ।’
बुफोन गत सिजन क्लब छाड्नुअघि टोलीको कप्तान रहेका थिए । सन् २०१२ मा एलेसान्ड्रो डेल पिएरोले क्लब छाडेपछि कप्तानी सम्हालेका उनलाई जिओर्जियो किएलिनिले कप्तान बन्न आग्रह गरेपनि उनले नकारेका थिए । यस्तै गोलरक्षक वोजचिएक सेचेज्नीले राखेको १ नम्बर जर्सीको प्रस्ताव पनि उनले नकारे ।
‘म यहाँ आफ्नो तर्फबाट सक्दो मिहिनेत गरेर केहि योगदान दिन आएको हुँ । अरुको भाग खोस्ने मेरो मनसाय छैन । किएलिनी मेरो भाइ हुन् र कप्तानी गर्नेछन्,’ उनेल थपे, ‘युभेन्टसका पहिलो रोजाइका गोलरक्षकले १ नम्बर जर्सी लगाउनेछन् । मैले ७७ नम्बर जर्सी पार्मा छँदा लगाएको कारण फेरी त्यहि प्रयोग गर्नेछु ।’
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]