6 years ago
July 5, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गतको पहिलो ‘एल क्लासिको’ अक्टोबरमा हुने भएको छ । स्पेनिस ला लिगाले सार्वजनिक गरेको नयाँ सिजनको खेल तालिका अनुसार ला लिगा १८ अगस्टबाट सुरु हुनेछ ।
क्याटलान क्लब बार्सिलोना र स्पेनिस महारथी रियल म्याड्रिडबीचको पहिलो ‘एल क्लासिको’ भिडन्त अक्टोबरमा हुने भएको हो । ‘एल क्लासिको’ अक्टोबर १७ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।
दोस्रो ‘एल क्लासिको’ मे १ मा रियलको मैदानमा हुने छ । अगस्ट १८ बाट सुरु ला लिगामा पहिलो दन सबै १० खेल हुनेछ ।
पहिलो खेलमा ला लिगा च्याम्पियन बार्सिलोनाले एथलेटिको बिल्बाओको मैदानमा खेल्नेछ । रियलले सेल्टा डि भिगोको मैदानमा खेल्नेछ ।
पहिलो दिन एट्लेटिको मड्रिडले गेटाफे, अलाभेसले लेभान्टे, स्पान्योलले सेभिया, लेगानेसले ओसासुना, मर्लाेकाले इवर, रियल बेटिसले रियल भालाडोलिड, भ्यालेन्सियाले रियल सोसिडाड र भिल्लारियल र ग्रानडाबीच खेल हुनेछ ।
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर सनिश श्रेष्ठले इन्ज्युरी समयको अन्तिम क्षणमा पूर्व क्लब एपिएफविरुद्ध गोल गर्दा मच्छिन्द्रले सभापति कप २०८१ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा मच्छिन्द्रले एपिएफमाथि १-० को जित दर्ता गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा सनिशले इन्ज्युरी समयको आठौँ मिनेटमा गोल गरेका थिए । खेल गोलरहित […]
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब एन्फा महिला लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। अमृता जैसीको निर्णायक गोलमा बागमती युथ क्लबलाई १-० ले हराउँदै पुलिस दोस्रो क्वालिफायरमा पुगेको हो। लिगमा बागमतीको यात्रा टुंगिएको छ। सातदोबाटो स्थित एन्फाको मैदान अमृताले इन्ज्युरी समयमा गोल गर्दैै पुलिसलाई जित दिलाएकी हुन् ।पुलिसले एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल […]
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]