6 years ago
July 4, 2019
एजेन्सी – इटालियन गोलरक्षक जियानलुइजी बुफोन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट युभेन्टस फर्केका छन् । अघिल्लो सिजन मात्र उनले युभेन्टस छाडेका थिए ।
इटालीको राष्ट्रिय टोलीबाट लामो समय खेलेका ४१ वर्षीय गोलरक्षकले सन् २०११ देखि २०१८ सम्म युभेन्टसको जर्सी लगाएका थिए । उनले त्यसक्रममा ९ पटक लिग उपाधि जितेका थिए । लामो सहयात्रापछि पेरिस पुगेका बुफोनले लिग वन उपाधि जितेपनि अपेक्षित रुपमा मैदानमा समय बिताएनन् । त्यसैकारण पनि बुफोन युभेन्टस फर्केका हुन् ।
पार्माबाट झन्डै २ दर्शक अघि युभेन्टस आएका बुफोनले गत सिजन अन्तिम खेलमा भावुक बिदाइ पाएका थिए । तर एक सिजनमै क्लबमा फर्किएपछि उनको केहि आलोचना पनि भएको छ । राष्ट्रिय टोलीबाट विश्वकप जितिसकेका उनले क्लब स्तरमा च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्य राखेका छन् । युभेन्टस गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रोकिएको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]