6 years ago
July 4, 2019
एजेन्सी– फ्रान्क लाम्पार्ड चेल्सीको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । माउरिजियो सारीको उत्तराधिकारीका रुपमा लाम्पार्डको चेल्सीसँग तीन वर्षको सम्झौता भएको छ ।
‘चेल्सीको मुख्य प्रशिक्षकका रुपमा फर्कनु मेरा लागि साच्चै गर्वको क्षण हो । क्लबप्रतिको मेरो माया र प्रतिबद्धता सबैलाई थाहा छ,’ लाम्पार्डले भने,‘ आउने सिजनका लागि म केन्द्रित हुनेछु । म कडा मेहनतका लागि यहाँ आएको हु । नयाँ सिजनका लागि काम थाल्न म आतुर छु ।’
चेल्सीको प्रमुख मारिना ग्रानोभ्सकाइले लाम्पार्डले पछिल्लो एक वर्षमा आफुलाई क्षमतावान प्रशिक्षकका रुपमा प्रस्तुत गरेको बताइन । ‘१३ वर्ष खेलाडीका रुपमा रहेका लाम्पार्डले क्लबका लागि सर्वाधिक गोल गरेका थिए । उनी क्लबमा फर्कनका लागि यो उपयुक्त समय हो,’ उनले भनिन्,‘ हामी उनको कार्यकाल सफल बनाउनका लागि हर सम्भव प्रयास गर्नेछौं । ’
लाम्पार्डसँग सम्झौतापछि चेल्सीले भिडियो पोष्ट गरेको थियो । ‘मलाई चेल्सी फर्कन पाउँदा खुसी लागेको छ,’ उनले भने,‘ यो मैदानमा मेरा स्मरणहरु छन् । ’
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]