6 years ago
July 4, 2019
एजेन्सी – स्पेनिस क्लब एटलेटिको म्याड्रिडले पोर्चुगिज फरवार्ड जोआओ फेलिक्सलाई अनुबन्ध गरेको छ । एटलेटिकोले बेन्फिकालाई १ सय २६ मिलियन युरो तिर्दै फेलिक्सलाई विश्वकै पाँचौ महँगो ट्रान्सफर रकममा अनुबन्ध गरेको हो ।
पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलिसकेका १९ वर्षीय फेलिक्सको रिलिज कलज १ सय २० मिलियन युरो भएपनि एटलेटिकोले किस्तावन्दीमा उक्त रकम तिर्ने सर्तमा ६ मिलियन बढी खर्चेको हो । फेलिक्सले एटलेटिकोमा ७ वर्षको सम्झौता गरेका छन् । उनले क्लबमा ७ नम्बर जर्सी प्रयोग गर्नेछन् । यसअघिका सिजनमा फरवार्ड एन्टोइन ग्रिज्मनले उक्त जर्सी प्रयोग गरेका थिए ।
यस ट्रान्सफरसँगै फेलिक्स विश्व फुटबलका दोस्रा महँगा टिनएज खेलाडी पनि बनेका छन् । सन् २०१८ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एएस मोनाकोबाट किलियन एम्बाप्पेलाई अनुबन्ध गर्न १ सय ८० मिलियन युरो खर्चेको थियो ।
उनी समग्रमा भने नेयमार, एम्बाप्पे, फिलिपे कोउटिन्हो र ओस्मान डेम्बेलेपछि पाँचौ महँगा खेलाडी बनेका छन् । यसअघि रियल म्याड्रिडले म्यानचेस्टर युनाइटेडबाट क्रिस्टियानो रोनाल्डोलाई विश्व कीर्तिमानी रकममा अनुबन्ध गरेको थियो । फेलिक्सले उनलाई पनि उछिनेका छन् ।
एटलेटिकोले शुक्रबारनै पोर्चुगिज क्लब पोर्टोबाट अन्य दुई खेलाडीको पनि आगमनको पुष्टि गरेको छ । मिडफिल्डर हेक्टर हरेरा फ्री ट्रान्सफरमा आएका छन् भने सेन्टर डिफेन्डर फिलिपे २० मिलियन युरोमा एटलेटिको आएका छन् । यसबीचमा २३ वर्षीय मिडफिल्डर रोड्री भने इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी लागेका छन् । सिटीले उनको रिलिज क्लज बराबरको रकम तिरेपछि रोड्रीले क्लब छाडेको क्लबले जनाएको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]