default_image

6 years ago

July 3, 2019

‘रेफ्रीले नै ब्राजिलको पक्षमा निर्णय दिए’ – मेस्सी

101 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०१९ को सेमिफाइनलमा घरेलु टोली ब्राजिलले अर्जेन्टिनालाई २-० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । खेलपछि पत्रकारसँग बोल्दै अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले रेफ्रीले ब्राजिलको पक्ष लिएको अभिव्यक्ति दिए ।

राष्ट्रिय टोलीबाट लगातार असफल रहँदै आएका मेस्सी यसपटक कोपा अमेरिका उपाधिबाट राष्ट्रिय टोलीसँग उपाधि खडेरी तोड्ने लक्ष्यमा थिए । तर ब्राजिलले दुवै हाफमा १-१ गोल गर्दै अर्जेन्टिनाको यात्रा सेमिफाइनलमा नै सिमित पारिदियो । ब्राजिलको जितमा प्रिमियर लिगका दुई स्टार रोबर्टो फिर्मिनो र ग्याब्रीएल जेससले समान १-१ गोल र एक अर्कालाई असिस्ट दिए । यससँगै ब्राजिलले फाइनलमा चिली र पेरुको विजेतासंग खेल्नेछ ।

ब्राजिलविरुद्ध हारपछि आक्रोशित देखिएका मेस्सीले रेफ्रिका निर्णय ब्राजिलको पक्षमा रहेको आरोप लगाए । ‘ब्राजिल हामीभन्दा राम्रो खेलेको थिएन । उनीहरुले खेलको सुरुवातमै गोल गरे । तर दोस्रो गोल हुनुअघि हामीलाई पेनाल्टी दिनुपर्ने थियो जुन रेफ्रीहरुले ब्राजिलको पक्षमा निर्णय लिएका थिए,’ अगुएरोलाई पेनाल्टी क्षेत्रभित्र लडाएको घटना इंगित गर्दै मेस्सीले भने ।

‘ रेफ्रीले हामीलाई सामान्य फलमा पनि कार्ड देखाए । कतिपय अवस्थामा भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोग पनि गरेनन् । खेल अवधिभर यस्तै भयो । रेफ्रीले अधिकांश निर्णय पहिलो नजरमै ब्राजिलको पक्षमा दिए । यसले गर्दा हामीले खेलमा लय समात्न सकेनौं,’ मेस्सीले थपे ।

मेस्सीले दक्षिण अमेरिकी फुटबलको सर्वोच्च संस्था कन्मेबलले यसबारे गहन अध्ययन गर्नुपर्ने बताए । ‘ हामीले हारबाट बच्ने बाटो खोजेका हैनौं, तर यो खेललाई अध्ययन गर्न जरुरि छ । आशा छ कन्मेबलले यसलाई गम्भीरतापूर्वक लिएर उचित कदम चाल्नेछ,’ पराजित टोलीका कप्तान मेस्सीले टुंग्याए ।

यो पनि : ब्राजिलसँग अर्जेन्टिना हार्नुको ३ कारण

February 23, 2025

लेबनानको सात्वना जित

काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]

February 23, 2025

एनएसएल र बि डिभिजनको जुधाईमा खेलाडीको मिचाई

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]

February 23, 2025

नेपाल बलियो म्यानमारको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]

Success

Thank you for your time.