6 years ago
July 3, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत बुधबार भएको सेमिफाइनलमा ब्राजिलले अर्जेन्टिनालाई हराउँदै उपाधि भिडन्तमा स्थान पक्का गर्यो ।
खेलको १९ औं मिनेटमा ग्याब्रीएल जेससको गोलमा अग्रता लिएको ब्राजिलले दोस्रो हाफमा उनकै पासमा अग्रता दोब्बर पार्यो । रोबर्टो फिर्मिनोले गोल गरेपछि ब्राजिल फाइनल पुग्ने पक्का भएको थियो । यसबीचमा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी र सर्जियो अगुएरोको प्रहार पोस्टमा लागेर फर्किएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले अर्जेन्टिनालाई हराउनुको ३ कारण यसप्रकार छन् :
अर्जेन्टिनाको खराब पहिलो हाफ प्रदर्शन
पहिलो हाफमा अर्जेन्टिनाले खासै आक्रमण बुन्न सकेन । अधिकांश समय आफ्नै हाफमा बल खेलाएको अर्जेन्टिनाको मिडफिल्डले आक्रमणलाई बल पास दिन असमर्थ रहयो । दुई सेन्टर डिफेन्स पेजेला र ओटामेन्डी बल पास दिंदा हतारिएको देखिन्थे र केहि गल्ति पनि गरे ।
मिडफिल्डमा खेलेका पारेडेस र रोड्रीगोले आक्रमणमा बल दिन नसक्दा मेस्सी केहि तलसम्म झरेर खेल्नुपरेको थियो । ब्राजिलको पहिलो गोलमा पनि अर्जेन्टिनी डिफेन्डर उचित पोजिसनमा नहुँदा जेससले सहजै गोल गरेका थिए ।
जेससको आलोचकलाई जवाफ
कोपा अमेरिकामा गोल गर्न नसकेको भन्दै पछिल्ला केहि दिन ग्याब्रीएल जेससले निकै आलोचना खेपे । उनलाई सुरुवाती रोजाईमा खेलाउने वा नखेलाउने भन्ने विषयमा पनि सर्वत्र चर्चा भयो । तर प्रशिक्षक टिटेले उनीमाथि भरोसा गर्दै पहिलो रोजाईमा उतारे । जेससले प्रशिक्षकको अपेक्षालाई वास्तविकतामा बदल्दै ब्राजिललाई फाइनल पुर्याए ।
खेलमा एक गोल र एक असिस्ट गरेका जेससले अर्जेन्टिनाको डिफेन्सलाई लगातार समस्या दिइरहे । पहिलो गोलका लागि दुई डिफेन्डरको बिचमा रहेर सहजै गोल गर्ने अवस्थामा रहेका उनले दोस्रो गोलमा उत्कृष्ट मुभ देखाए । मिडफिल्डबाट बल अगाडी बढाएका उनले अर्जेन्टिनाका ३ डिफेन्डरलाई छक्याउँदै फिर्मिनोलाई सहज गोल गर्ने मौका सिर्जना गरे ।
टिटेको ब्राजिलियन रणनीति
ब्राजिलको राष्ट्रिय टोलीले टिटेलाई प्रशिक्षकमा नियुक्त गरेयता बिरलै खराब प्रदर्शन गरेको छ । फिफा विश्वकप २०१८ मा बेल्जियमसँग पराजित भएपनि प्रदर्शन खराब भने थिएन । टिटेले कोपा अमेरिका जित्न भनेर लामो समयदेखि टोली तयार पारेका थिए । अर्जेन्टिनाविरुद्ध प्रदर्शनले पनि त्यसलाई थप पुष्टि गरेको छ । उनले ब्राजिलको परम्परागत फुटबल भन्दापनि आधुनिक रणनीतिलाई खेलाडी अनुसार ढालेका छन् ।
ब्राजिलको आक्रमण क्षमता त बलियो छ नै पछिल्लो समय ब्राजिलको डिफेन्सले झनै राम्रो प्रभाव पारेको छ । गोलरक्षक एलिसन बेकरले जारि प्रतियोगितामा कुनै गोल खाएका छैनन् । उनले पाराग्वेविरुद्ध टाइब्रेकरमा मात्र नभएर खेलमा पनि थुप्रै प्रहार बचाएका छन् । थियागो सिल्भाको अनुभव र ड्यानी आल्भेसको कप्तानी मानसिकताले डिफेन्स झनै बलियो देखिएको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]
February 23, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]