9 years ago
May 26, 2016
दैनिक नेपाल , नवलपरासी
राष्ट्रिय फुटबल टोलीका प्रमुख स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषाको मृत्यु झन रहस्यमयी बन्दै गएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनामा संलग्न भएको आशंका पक्राउ परेका १७ वर्षीया मनिषाका प्रेमी आशिष चौधरी विमलकै सहपाठी भएको खुल्न आएको छ ।
आशिष र मनिषाबीच केही वर्षयता प्रेम सम्बन्ध रहेको त्यसैको विकराल स्वरुपमा घटना भएको अनुसन्धानमा संलग्न नवलपरासी प्रहरीका एक अधिकारी बताउँछन् । उनका अनुसार आशिष नवलपरासीकै तिलकपुर गाविस–४ का युवा हुन् ।
ती अधिकारीका अनुसार घटना हुनुभन्दा एक दिन अगाडि मनिषालाई फोनमा धम्की आएको पनि पाइएको छ । यो घटनामा अन्य व्यक्तिहरुको हात रहेको आशंका गर्दै प्रहरीले एक एकमाथि निगरानी गर्दै छानविन गरिरहेको छ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]