6 years ago
July 2, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत अब सेमिफाइनलका दुई खेल र फाइनल मात्र बाँकी छन् । १२ सहभागी टोलीबाट सुरु भएको प्रतिस्पर्धामा अब ४ टोलीमात्र बाँकी छन् ।
प्रतियोगितामा यसपटक २२ खेलमा ४८ गोल सम्भव भएका छन् । यसक्रममा उपाधि भिडन्तमा रहेका टोलीहरुकै खेलाडीले सर्वाधिक गोल गर्ने सुचिमा दबदबा बनाउने सम्भावना रहेको छ । प्रस्तुत छ गोल्डेन बुटका लागि प्रतिस्पर्धा गरिरहेका ५ खेलाडी :
५. एडुआर्डो भार्गास – चिली (२ गोल)
२९ वर्षीय भार्गासले सन् २००९ देखि चिलीको राष्ट्रिय टोलीका लागि खेल्दै ८५ खेलमा ३८ गोल गरेका छन् । उनी पछिल्लो संस्करणमा गोल्डेन बुट समेत जित्न सफल भएका थिए । यस प्रतियोगितामा भार्गासले जापान र पेरुविरुद्ध १-१ गोल गरेका छन् ।
४. एभरटन सोआरेस – ब्राजिल (२ गोल)
ब्राजिलको सिनियर टोलीमा यसै वर्ष परेका एभरटनले नेयमारको स्थान लिएका हुन् । उनले प्रतियोगिताको सुरुवाती दुई खेलमा वैकल्पिक खेलाडीको रुपमा प्रभाव जमाए । प्रतियोगितामा २ गोल गरेका उनले १ असिस्ट पनि दिएका छन् । उनको उत्कृष्ट प्रदर्शनले युरोपका ठूला टोलीले उनलाई अनुबन्धन गर्ने प्रयास थालेका छन् ।
३. फिलिपे कोउटिन्हो – ब्राजिल (२ गोल)
गत सिजन बार्सिलोनाको लागि उल्लेख्य प्रदर्शन गर्न नसकेका कोउटिन्होले ब्राजिलका लागि भने उच्च प्रदर्शन गरेका छन् । नेयमार टोलीमा नहुँदा उनले आक्रमणमा जिम्मेवारी वहाँ गरेका छन् । ब्राजिललाई सेमिफाइनलसम्म पुर्याउन कोउटिन्होले २ गोल र १ असिस्ट प्रदान गर्दै प्रभावशाली प्रदर्शन गरेका छन् ।
२. लौटारो मार्टिनेज – अर्जेन्टिना (२ गोल)
लिओनेल मेस्सी, सर्जियो अगुएरो र एन्जल डी मारिया जस्ता नाम चलेका खेलाडी भएको अर्जेन्टिनी टोलीमा मार्टिनेजले प्रभाव जमेका छन् । इन्टर मिलानबाट व्यावसायिक फुटबल खेल्दै आएका उनले अर्जेन्टिनाको जितमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनले प्रतियोगितामा २ गोल गर्नुका साथै मेस्सीले प्रहार गरेको एकमात्र पेनाल्टी गोलमा पनि सम्मिलित रहेका थिए ।
१. एलेक्सिस सान्चेज – चिली (२ गोल)
क्लब स्तरमा गत सिजन म्यानचेस्टर युनाइटेडका लागि बिर्सनलायक प्रदर्शन गरेका सान्चेज चिलीका लागि भने बिल्कुल फरक खेलाडीको रुपमा देखिएका छन् । चिलीलाई लगातार तेस्रो उपाधि दिलाउने धुनमा रहेका सान्चेजले २ गोल र १ असिस्ट गर्दै गोल्डेन बुटको दाबेदारको रुपमा पनि आफूलाई उभ्याएका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नगदसहित सम्मानित भएकी छन् । प्रीतिलाई अष्ट्रेलियाको सिड्नीमा रहेको दि गोर्खा स्पोर्ट्स क्लबसँगै ल्याङ टोली काठमाडौं र उनको पूर्व स्कुल शारदा एकेडेमीले १ लाख रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेको हो । क्लबका अध्यक्ष दिपेन्द्र राईले नेपालमा भइरहेको फोर नेसन्स इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ। काठमाडौं २३ का ५६ बर्षे श्रेष्ठको स्वस्थ्यमा समस्या देखिएपछि आज बिहान उपचारका लागि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारबाट जानकारी पाएको प्रशिक्षक बालगोपाल महर्जन बताए । धरानमा भएको माघ २६ गते भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो। एनआरटीको टोली लिएर उनी धरान […]
February 23, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार एस्टन भिल्लाले चेल्सीलाई २-१ ले पराजित गरेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भयो। घरेलुु टोली भिल्लाका लागि दुवै गोल मार्को असेन्सियोले गरे । चेल्सीका एन्जो फर्नान्डेजले गोल गरे । नवौं मिनेटमा फर्नान्डेजले गोल गरेपछि चेल्सी पहिलो हाफमा १-० अघि रह्यो। ५७औं मिनेटमा असेन्सियोले बराबरी गोल गरे । […]