6 years ago
July 1, 2019
एजेन्सी – फ्रान्सेली क्लब पीएसजीसँग नयाँ सम्झौता गर्न नकार्दै फ्रान्सको राष्ट्रिय टोलीका लागि समेत खेलिसकेका मिडफिल्डर आड्रीयन राबीओट इटालियन क्लब युभेन्टस जाने भएका छन् ।
युरोपका ठूला क्लब बार्सिलोना र म्यानचेस्टर युनाइटेडले उनलाई अनुबन्ध गर्ने प्रयास गरेपनि राबीओटले युभेन्टस जाने निर्णय लिएका हुन् । युभेन्टसमा उनले वर्षको ९ मिलियन युरो कमाउनेछन् । इटालियन लिगमा रोनाल्डोपछि सर्वाधिक तलब राबीओटले नै कमाउनेछन् । शीर्षस्थानमा रहेका रोनाल्डोले वार्षिक ३१ मिलियन युरो कमाउँछन् ।
गत सिजन पीएसजीले नयाँ सम्झौताको प्रस्ताव राखेपनि उनले क्लबमा नरहने निर्णय लिएपछि पीएसजीले उनलाई पहिलो रोजाईमा मौका दिएको थिएन । उनले सिजनको अन्त्यसँगै युभेन्ट्समा सम्झौताका लागि छलफल गरेका हुन् । केहि दिनमा नै उनी युभेन्टसका खेलाडीको रुपमा प्रस्तुत हुनेछन् । राबीओटले पीएसजीमा रहेर १ सय ५० भन्दा बढी खेल खेल्दै ५ लिग वन उपाधि,४ पटक कप डे फ्रान्स र ५ पटक कप डे लिग उपाधि हात पारेका थिए ।
युभेन्टसले विगतमा पनि फ्री ट्रान्सफरमा खेलाडी अनुबन्ध गर्दै आएको थियो । इटालियन लिगमा लगातार वर्चस्व जमाउँदै आएको युभेन्ट्सले यसै सिजन मात्र आर्सनलबाट आरोन राम्सीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । उनले वार्षिक ६.९ मिलियन युरो कमाउनेछन् । त्यसअघि क्लबले सामी खेडिरा, एम्रे च्यानलगायत खेलाडीलाई पनि फ्री ट्रान्सफरमै अनुबन्ध गरेको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नगदसहित सम्मानित भएकी छन् । प्रीतिलाई अष्ट्रेलियाको सिड्नीमा रहेको दि गोर्खा स्पोर्ट्स क्लबसँगै ल्याङ टोली काठमाडौं र उनको पूर्व स्कुल शारदा एकेडेमीले १ लाख रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेको हो । यस्तै ऐसेलुखर्क गाँउपालिका खेलकुद विकास समितीका अध्यक्ष रजिन राईले ताम्रपत्रसहित सम्मानित […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ। काठमाडौं २३ का ५६ बर्षे श्रेष्ठको स्वस्थ्यमा समस्या देखिएपछि आज बिहान उपचारका लागि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारबाट जानकारी पाएको प्रशिक्षक बालगोपाल महर्जन बताए । धरानमा भएको माघ २६ गते भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो। एनआरटीको टोली लिएर उनी धरान […]