9 years ago
May 26, 2016
काठमाडौं – राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्ती मगरकी बहिनी १७ बर्षे मनीषा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । नवलपरासी बर्दघाट नगरपालिका ८ भुताहास्थित घरमा उनलाई बिहीबार बिहान मृत अवस्थामा भेटेपछि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।
नवलपरासी फुटबल संघका अध्यक्ष प्रकाश पंगेनीका अनुसार घरमा विमलकी बहिनी एक्लै थिइन् । उनीकी आमा कामको सिलसिलामा अघिल्लो दिन बुटबल गएकी रहिछन्, विमलको घर पुगेर फर्केका पंगेनीले भनेका छन् । बुटबलबाट बिहीबार बिहान घर पुग्दा आमाले छोरीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।
विमल भने केही दिनअघि फिटनेस परिक्षणका लागि युरोप गएका थिए । पंगेनीका अनुसार विमललाई पनि घटनाको जानकारी गराइसकिएको छ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]