6 years ago
June 30, 2019
एजेन्सी – बार्सिलोना फरवार्ड लुइस सुआरेजले टाइब्रेकरमा गोल गर्न नसक्दा उरुग्वे कोपा अमेरिका २०१९ को क्वाटरफाइनलबाट नै बाहिरिएको छ । पेरुले टाइब्रेकरमा ५-४ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । उरुग्वेले खेल अवधिभर पेरुमाथि लगातार आक्रमण गरेपनि डिफेन्सलाई तोड्न भने सकेन । कप्तान डिएगो गोडीनले गोल गर्ने सुवर्ण अवसर खेर फालेका थिए ।
उरुग्वेका दुई स्टार फरवार्ड लुइस सुआरेज र एडिन्सन काभानीले गोल गरेपनि त्यसलाई अफसाइड भएको भन्दै मान्यता दिइएको थिएन । काभानीले पनि गोलरक्षकसँग वन भर्सेस वनको स्थितिमा गोल गर्न सकेनन् । पेरुका गोलरक्षक पेड्रो गलेसेले केहि राम्रो बचाउ पनि गरे । पेरुले खेल अवधिभर कुनै प्रहार पोस्टको दिशामा गर्न सकेको थिएन ।
टाइब्रेकरको पहिलो प्रहारमा नै गोलरक्षक गलेसेले सुआरेजको प्रहार विफल पार्दै उत्कृष्ट सुरुवात दिलाए । त्यसपछि दुवै तर्फका खेलाडीहरूले कुनै गल्ती गरेनन् । उरुग्वेका एडिन्सन काभानी, क्रिस्टियन स्टुआनी, रोड्रीगो बेन्टान्कुर र लुकास टोरेराले गोल गरे ।पेरुका लागि पाउलो गुरेरो, राउल रुईडाज, योशीमार योटुन, लुइस एड्भिनकुला र एडिसन फ्लोरेस गोल गर्न सफल भए ।
यस जितसँगै पेरु अन्तिम चारमा प्रवेश गरेको छ । पेरुले फाइनल प्रवेशका निम्ति अब साविक विजेता चिलीको सामना गर्नेछ ।
यो पनि :कोपा अमेरिका समुह चरणको उत्कृष्ट ११
यो पनि : कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]