default_image

6 years ago

June 28, 2019

टाइब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल सेमिफाइनलमा

94 views

0 Bookmark

एजेन्सी – गोलरक्षक एलिसन बेकरले टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ब्राजिल ४-३ ले विजयी रहयो ।

पाराग्वेका लागि पहिलो पेनाल्टी लिएका गरेका गुस्ताभो गोमेजको प्रहारलाई ब्राजिलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै ब्राजिललाई राम्रो सुरुवात दिलाए । ब्राजिलका लागि विलियनले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । पाराग्वेका लागि मिगुएल अल्मिरोनले दोस्रो प्रहार गोल गर्दा मार्किन्होसले पनि गोल गर्दै ब्राजिलको अग्रता कायम राखे । त्यसपछि पाराग्वेका ब्रुनो भाल्डेज र ब्राजिलका फिलिपे कोउटिन्होले पनि गोल गरे ।

पाराग्वेका लागि चौथो प्रहार गरेका रोड्रीगो रोजास सफल हुँदा ब्राजिलका रोबर्टो फिर्मिनोको प्रहार बाहिरिएको थियो । टाइब्रेकर बराबरीमा आएपछि पाराग्वेका लागि पाँचौ प्रहार गरेका डेर्लिस गोन्जालेजको प्रहार बाहिरियो । त्यसपछि ग्याब्रीएल जेससले पेनाल्टीलाई गोलमा परिणत गर्दै ब्राजिलको जित पक्का गरे ।

त्यसअघि निर्धारित समयमा ब्राजिलले खेलको सुरुवाती समयमा पाराग्वेको गोलरक्षकलाई परिक्षण गरेपनि अग्रता लिन सकेन । २९ औं मिनेटमा पाराग्वेले गोल गर्ने अवसर प्राप्त गरेपनि गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गरे । डेर्लिस गोन्जालेजको पासमा पेरेजले वन भर्सेस वनको स्थितिमा ६ यार्ड बक्स नजिकबाट गरेको प्रहारलाई एलिसनले बचाएका थिए ।

दोस्रो हाफको ६० औं मिनेटमा पाराग्वे १० खेलाडीमा सिमित भयो । फाबियन बालबुएनाले पेनाल्टी क्षेत्रको ठिक बाहिर रोबर्टो फिर्मिनोलाई लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै निर्णय लिएका थिए । रेफ्रीले सुरुवातमा ब्राजिललाई पेनाल्टी दिने निर्णय गरेपनि भीएआरको सहायतापछि बालबुएनालाई रातो कार्ड दिँदै ब्राजिललाई फ्रिकिक दिएका थिए ।

पाराग्वे १० खेलाडीमा सिमित भएपछि ब्राजिलले आक्रमणमा खेलाडी थप्दै दबाब बढायो । ६९ औं मिनेटमा आर्थरको लामो दुरीको प्रहारले पोस्टको दिशा लिन सकेन । ७४ औं मिनेटमा ग्याब्रिएल जेससले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार पोस्टभन्दा थोरै दुरीबाट बाहिरियो । लगत्तै एभरटनको प्रहार डिफेन्डर इभान पिरिसलाई लाग्दै बाहिरियो ।

निर्धारित समयको तीन मिनेट बाँकी रहँदा पाराग्वेका गोलरक्षक फर्नान्डेजले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा राखे । कोउटिन्होले दायाँ विङबाट फ्रिकिकमा दिएको पासमा एलेक्स स्यान्ड्रोको हेडरलाई उनले डाइभ दिंदै विफल परे । ९० औं मिनेटमा विलियनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले गोलरक्षकलाई बिट गरेपनि पोस्टमा लागेर फर्कंदा ब्राजिलले खेलमा अग्रता लिन सकेन । थप गरिएको ७ मिनेट इन्ज्युरी समयमा ब्राजिलले पाएको दुई अवसर सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

ब्राजिलले अब सेमिफाइनलमा अर्जेन्टिना र भेनेजुएलाको खेलको विजेतासँग खेल्नेछ ।

यो पनि :कोपा अमेरिका समुह चरणको उत्कृष्ट ११

यो पनि : कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण

यो पनि : नेपाली समयानुसार कोपा अमेरिकाको खेल तालिका

February 22, 2025

एनएसएलको मिनी अक्सनमा एन्फा पदाधिकारी नै अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई‌ वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]

February 22, 2025

अक्सनमा ८ खेलाडी ४ लाखमा विक्री, ललितपुर महंगो टोली

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]

February 22, 2025

युनाइटेड र एभर्टनले बराबरीमा खेले

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एभर्टनले शनिवार इंग्लिस प्रिमियर लिगमा २-२ को बराबरी खेलेका छन् । २-० ले पछि परेको खेलमा युनाइटेड बराबरी गर्न सफल भयो। घरेलु मैदान गोडिसन पार्कमा एभर्टनका लागि बेटो र अब्दौले डौकोरेले गोल गरे । युनाइटेडका ब्रूनो फर्नांडिस र म्यानुअल उगार्टेले गोल गरे । १९औं मिनेटमा एभर्टनका बेटोको गोलमा टोलीले सुरुवाती […]

Success

Thank you for your time.