default_image

9 years ago

May 25, 2016

राष्ट्रिय टोलीमा अनुभवी खेलाडीको बाहुल्यता

131 views

0 Bookmark

विगत लामो समयदेखि राष्ट्रिय टोलीमा युवा अनुहार देखिदै आएकोमा यो पाली भने अनुभवी खेलाडीहरुको नाम पनि टोलीमा देखियो|

प्रशिक्षणका दौरान कप्तान अनिल गुरुङ, उपकप्तान बिराज महर्जन र राजेन्द्र रावल

प्रशिक्षणका दौरान कप्तान अनिल गुरुङ, उपकप्तान बिराज महर्जन र राजेन्द्र रावल

जापानिज प्रशिक्षक ग्योतोकु कोजिले प्रशिक्षणको जिम्मा सम्हालेको केहि हप्तामै नेपालले मलेसियाको युवा टोलिसंग मैत्रीपूर्ण खेल खेलेको थियो र सो समयमा उनले अनुभवी खेलाडी भन्दा युवालाई मौका दिएका थिए| तर राष्ट्रिय टोलीले लाओसको सिनिअर टोलिसंगै खेल खेल्ने भएकाले २० खेलाडी छनोटमा युवा भन्दा अनुभवी खेलाडीले मौका पाएका छन्|

प्रशिक्षणका क्रममा चोट बोकेका रन्जन बिष्ट टोलीमा अटाएनन् भने साग विजेता सुमन लामा, दिनेश राजबंशी र मान बहादुर तामाङ पनि टोलीमा छैनन्| यस्तै मलेसियाको युवा टोलीसंग खेल्ने टोलीमा रहेका गोलरक्षक विशाल श्रेष्ठ, विश्वास श्रेष्ठ, विजय धिमाल, रजिन धिमाल, टोलीमा परेनन्|

यसपालीको टोलीमा अनिल गुरुङ, बिक्रम लामा र राजेन्द्र रावल थपिएका छन् भने अनन्त, अन्जन र आदित्यको पनि पुनरागमन भएको छ| ३०औं वसन्त छुन लागेका राजेन्द्र र अनिल मलेसिया जाने टोलीको प्रारम्भिक टोलीमा रहे पनि अन्तिम टोलीमा भने थिएनन्|

नेपाली टोलीः

गोलरक्षकः किरण चेम्जोङ, विकेश कुथु

डिफेन्डरः विराज महर्जन, देबेन्द्र तामाङ, कमल श्रेष्ठ, रबिन श्रेष्ठ, अनन्त तामाङ्, आदित्य चौधरी

मिडफिल्डरः बिक्रम लामा, राजेन्द्र रावल, जगजित श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, प्रकाश बुढाथोकी, अन्जन बिष्ट, सुजल श्रेष्ठ

फरवार्डः भरत खवास, नवयुग श्रेष्ठ, सुनिल बल, अनिल गुरुङ्

मुख्य प्रशिक्षकः ग्योटुकी कोजी

प्रशिक्षकः राजुकाजी शाक्य

व्यवस्थापकः विराट जंग शाही

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.