default_image

6 years ago

June 27, 2019

कोपा अमेरिका : समूह चरणको उत्कृष्ट ११

61 views

0 Bookmark

एजेन्सी – ब्राजिलमा जारी कोपा अमेरिका २०१९ को समूह चरणमा केहि आश्चर्यजनक नतिजा आएपनि उपाधि दावेदार मानिएका सबै टोलीले क्वाटरफाइनलमा स्थान बनाए । ब्राजिल र कोलोम्बियाले दोस्रो खेलमा नै क्वाटरफाइनल स्थान पक्का गर्दा अर्जेन्टिनाले भने अन्तिम खेलसम्म नतिजा प्रतीक्षा गर्नुपर्यो ।

यतिमात्र होइन ब्राजिलियन सुपरस्टार नेयमार प्रतियोगिता सुरु हुनुअघि नै घाइते भएपछि ब्राजिललाई केहि समस्या भयो । उनको स्थानमा पहिलो रोजाइमा खेलेका डेविड नेरेस र वैकल्पिक खेलाडी एभरटनले राम्रो प्रदर्शन गरे । कप्तान ड्यानी आल्भेसले पनि प्रभाव जमाएका छन् ।

अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले अपेक्षित प्रदर्शन गर्न नसक्दा कोलोम्बियाली मिडफिल्डर हामेस रोड्रीग्वेज भने मैदानमा छाएका छन् । उरुग्वेका एडिन्सन काभानी र लुइस सुआरेजले पनि अपेक्षित प्रदर्शन गरेका छन् । चिलीका लागि एलेक्सिस सान्चेजले आफ्नो पुरानै लय देखाएका छन् ।

समूह चरणको खेल सकिंदा प्रतियोगिताको उत्कृष्ट ११ यसप्रकार छ :

गोलरक्षक:
विलकर फालिनेज (भेनेजुएला)

डिफेन्डर :
विलियम टेसिलो (कोलोम्बिया)
जोसे जिमिनेज (उरुग्वे)
डेभिन्सन सान्चेज (कोलोम्बिया)
ड्यानी आल्भेस (ब्राजिल)

मिडफिल्डर :
चार्ल्स आरान्गिज (चिली)
आर्थर मेलो (ब्राजिल)
हामेस रोड्रीग्वेज (कोलोम्बिया)
एभरटन मोराएस (ब्राजिल)

फरवार्ड :
एडिन्सन काभानी (उरुग्वे)
डुभान जपाटा (कोलोम्बिया)

उपाधिको बलियो दावेदार मानिएको ब्राजिलका ३ खेलाडी उत्कृष्ट ११ मा पर्दा उरुग्वेका २ खेलाडीले स्थान बनाएका छन् । समूह चरणमा शत प्रतिशत जित दर्ता गरेको कोलोम्बियाका ४ खेलाडी पर्दा अर्जेन्टिनाको भने कुनै खेलाडीले स्थान बनाउन सकेनन् । चिली र भेनेजुएलाका १-१ खेलाडी टोलीमा परेका छन् ।

यो पनि : कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण

यो पनि : नेपाली समयानुसार कोपा अमेरिकाको खेल तालिका

January 24, 2025

गोर्खाली कप फागुन दोस्रो साता हुने

काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]

January 24, 2025

टोटनहमको जितमा सनको २ गोल

एजेन्सी – कप्तान सन ह्युङ–मिनले २ गोलमा टोटनहमले युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित दिलाए । होफेनहाइमको घरेलु मैदान भएको खेलमा टोटनहमले ३-२ को जित हासिल गर्यो । टोटनहमको जितमा सन बाहेक जेम्स म्याडिसनले गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे । खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले […]

January 24, 2025

ब्रुनोको गोलमा युनाइटेडको जित

एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेसले इन्ज्युरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीवार रेन्जर्सलाई २-१ ले हराएको छ। फर्नान्डेसले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रेन्जरका गोलकिपर ज्याक बट्ल्यान्डले आत्मघाती गोल गरेपछि युनाइटेडले ५२ औं मिनेटमा अग्रता लियो। सेरियल डेसेर्सको ८८ औं मिनेटमा बराबरी गोल गर्दैै रेन्जर्सलाई खेलमा फर्काए। तर टोलीले […]

Success

Thank you for your time.