6 years ago
June 27, 2019
एजेन्सी – पोर्चुगलका १९ वर्षीय फरवार्ड जोआओ फेलिक्स पछिल्लो समय युरोपकै सर्वाधिक पछ्याईएका टिनएज फुटबलर हुन् । युरोपका ठूला क्लबले उनलाई अनुबन्धन गर्ने तयारी गरेसँगै बेन्फिकाले उनीमाथि १ सय २० मिलियन युरोको ट्रान्सफर रकम तोकेको छ । स्पेनिस क्लब एटलेटिको म्याड्रिडले फेलिक्सलाई क्लब भित्र्याउने तयारी थालेको छ ।
फेलिक्सले गत सिजनको सुरुवातमा बेन्फिकाको सिनियर टोलीबाट डेब्यु गरेका हुन् । उनले बेन्फिकालाई पोर्चुगिज लिगको उपाधि दिलाउने क्रममा १५ गोल र ९ असिस्ट प्रदान गर्दै अविश्वसनीय प्रदर्शन गरे । युरोपा लिगमा आइनट्राक्ट फ्रान्कफर्टविरुद्ध ह्याट्रिक समेत गर्दै उनी युरोपा लिगकै ह्याट्रिक गर्ने कान्छा खेलाडी बने । उनी युरोपमा ह्याट्रिक गर्ने पोर्चुगलकै कान्छा पनि बने ।
लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि फेलिक्स यूईएफए नेसन्स लिगको अन्तिम चरणका लागि राष्ट्रिय टोलीमा परे । उनलाई प्रिमियर लिगका दुइ ठूला क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले पनि अनुबन्धन गर्ने इच्छा व्यक्त गरेका छन् ।
फेलिक्सले आफ्नो युवा करिअर पोर्टोबाट सुरु गरेका थिए । तर सन् २०१५ मा उनलाई पोर्टोको एकेडेमीबाट धेरै पातलो भएको भन्दै निष्काशन गरियो । उनले बेन्फिकामा ट्राएल दिए र उनको खेलशैली देखेर प्रशिक्षक निकै प्रभावित भए । उनले युवा टोलीमा उत्कृष्ट प्रदर्शन गरे र १६ वर्षको उमेरमा नै बेन्फिकाको रिजर्भ टोलीमा समावेश भए । उनले सेप्टेम्बर २०१६ मा बेन्फिकाको रिजर्भ टोलीका लागि खेल्दै उक्त सफलता हासिल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने ।
गत सिजन सुरुवातदेखि नै सिनियर टोलीमा अवसर पाएका फेलिक्सले नोभेम्बरमा नै नयाँ सम्झौता गरेका थिए । उनले सन् २०२३ सम्म लागु हुनेगरि सम्झौता गरेका हुन् । उक्त सम्झौता अनुसार कुनैपनि क्लबले फेलिक्सलै अनुबन्धन गर्न चाहेमा १ सय २० मिलियन युरो खर्चनुपर्ने अर्थात् रिलिज क्लज राखिएको छ । उनले सिजनको दोस्रो खेलमै चिर परिचित प्रतिद्वन्द्वी स्पोर्टिङ लिस्बनविरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गोल गरेका थिए ।
बेन्फिकाले जनवरीमा प्रशिक्षक परिवर्तन गरेपछि फेलिक्सले पहिलो रोजाइमा नियमित मौका पाए । उनले उक्त मौकाको सदुपयोग गर्दै सिजनभर ४३ खेल खेल्दै २० गोल गर्न सफल भए । फेलिक्सको खेल्ने शैलीलाई पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर सिटीका स्टार बर्नार्डो सिल्भासँग दाँज्न थालिएको छ । उनले १९ वर्षको उमेरमा गरेको प्रदर्शन हेर्दा सिल्भा र रोनाल्डो दुवै पछि पर्छन् । फेलिक्सले राष्ट्रिय टोलीमा पनि यी दुई खेलाडीले भन्दा बढी प्रभाव पार्ने आँकलन गरिएको छ ।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका भरतको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । ए क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ छ । उनले यसअघि स्पोर्टिङ इलाम डि मेची एफसीबाट खेलेका थिए। अक्सनमा क्याटगरी […]