default_image

6 years ago

June 25, 2019

हरि, जगत र ज्ञानेन्द्र वर्ष उत्कृष्ट प्रशिक्षक मनोनयनमा

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डको वर्ष उत्कृष्ट प्रशिक्षकका लागि ५ प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । उनीहरुलाई वर्ष २०७५ साल भर गरेको उत्कृष्ट प्रशिक्षणका प्रदर्शनका आधारमा प्रशिक्षकको लागि मनोनयन गरिएको खेलाडी छनोट गरिएको छनोट समितिका संयोजक तथा मञ्चका सचिव गोविन्द रेग्मीले जानकरी गराए ।

वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका प्रशिक्षकहरु :

फुटबलका हरि खड्का

क्रिकेटका जगत टमाटा

भलिबलका ज्ञानेन्द्र विष्ट

एथ्लेटिक्सबका धनीराम चौधरी

पाराग्लाइडिङका योगश भट्टराई

मञ्चले यसअघि अवार्डको सबैभन्दा प्रतिष्ठित विधा पिपल्स च्वाइसको मनोनयन सार्वजनिक गरिसकेको छ । जसमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा छन् ।

यसपटकको अवार्ड १७ असारमा कमलादीस्थित नेपाल एकेडेमी हलमा आयोजना हुदैछ । खेलक्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने ‘स्पोर्ट्स अवार्ड’ नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित कार्यक्रम हो । यसपटक नौ विधा र एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि अवार्ड प्रदान गर्दैछौं ।

लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा असार १७ गते कार्यक्रमकै दिन गरिनेछ । विगतका वर्षमा जस्तै यसपल्ट पनि उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाजको एनएस १६० सीसीको मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिने छ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । एसएमएस भोटिङका लागि आप्का नेपालको टीएचटी लाइभ, मुख्य सह–प्रायोजकको रुपमा किरण सु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार (पावर्ड बाइ) र अर्को मुख्य सह–प्रायोजकको रुपमा डिस मिडिया नेटवर्क लिमिटेड रहेको छ ।

यस्तै प्रायोजकमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, कामारु ट्रेडिङ प्रालि (अन्तर्राष्ट्रिय ब्राण्ड केल्मेको आधिकारिक बिक्री वितरक केल्मे नेपाल), सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, होटल क्राउन प्लाजा, साहस स्पोर्ट्स, इमेजिङ रहेको छ । अवार्डलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को पनि सहयोग रहेको छ । अवार्डको प्रत्यक्ष प्रशारण एभिन्युज टेलिभिजनले गर्नेछ ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.