6 years ago
June 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – फुटबलकी सावित्रा भणडरी र भलिबलकी सरस्वती चौधरीसँगै अन्य ५ खेलाडी नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष महिला खेलाडीको मनोनयनमा परेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डका लागि महिलातर्फ उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।
फुटबलकी सावित्रा भण्डारी
भलिबलकी सरस्वती चौधरी
क्रिकेटकी सीता रानामगर
जुडोकी मनिता श्रेष्ठ प्रधान
तेक्वान्दोकी निमा गुरुङ
उनीहरुले वर्ष २०७५ साल भर गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको छनोट समितिका संयोजक तथा मञ्चका सचिव गोविन्द रेग्मीले जानकरी गराए ।
मञ्चले यसअघि अवार्डको सबैभन्दा प्रतिष्ठित विधा पिपल्स च्वाइसको मनोनयन सार्वजनिक गरिसकेको छ । जसमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा छन् ।
यसपटकको अवार्ड १७ असारमा कमलादीस्थित नेपाल एकेडेमी हलमा आयोजना हुदैछ । खेलक्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने ‘स्पोर्ट्स अवार्ड’ नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित कार्यक्रम हो । यसपटक नौ विधा र एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि अवार्ड प्रदान गर्दैछौं ।
लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा असार १७ गते कार्यक्रमकै दिन गरिनेछ । विगतका वर्षमा जस्तै यसपल्ट पनि उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाजको एनएस १६० सीसीको मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिने छ ।
पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । एसएमएस भोटिङका लागि आप्का नेपालको टीएचटी लाइभ, मुख्य सह–प्रायोजकको रुपमा किरण सु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार (पावर्ड बाइ) र अर्को मुख्य सह–प्रायोजकको रुपमा डिस मिडिया नेटवर्क लिमिटेड रहेको छ ।
सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, कामारु ट्रेडिङ प्रालि (अन्तर्राष्ट्रिय ब्राण्ड केल्मेको आधिकारिक बिक्री वितरक केल्मे नेपाल), सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, होटल क्राउन प्लाजा, साहस स्पोर्ट्स, इमेजिङ प्रायोजक रहेको छ । अवार्डलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को पनि सहयोग रहेको छ । अवार्डको प्रत्यक्ष प्रशारण एभिन्युज टेलिभिजनले गर्नेछ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]