9 years ago
May 24, 2016
जेठ १९ गते ,काठमाडौं –
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बर्खास्त गरिएका आफ्ना तीन पदाधिकारी र सदस्यलाई पुर्नबहालीका लागि मागेको समयमा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले सहमति जनाएको छ ।
फिफाको निर्देशनअनुसार पूर्नबहालीको लागि केन्द्रिय समितिको बैठक डाक्नु पर्ने भएकाले त्यो सम्मका लागि सहमति दिन एन्फाले पत्रमार्फत अनुरोध गरेको थियो । त्यसमा फिफा एएफसी सहमत भएको हो । लगातार तीनवटा बैठकमा उपस्थित नभएको भन्दै एन्फाले असोज ११ गते उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकज नेम्बाङलाई बर्खास्त गरेको थियो । जेठ १९ गते पुर्नबहालीपछि एन्फामा पछिल्लो दुई बर्षदेखि चल्दै आएको विवादको औपचारिक रुपमा अन्त्य हुने विश्वास गरिएको छ ।
अध्यक्ष गणेश थापाको कार्यशैली, अपारदर्शीता, भ्रष्टाचारको विरोध गर्दै शर्पाको अगुवाईमा असन्तुष्ट पक्षले अभियान चलाउँदै आएको थियो । फिफाले वैशाख २७ गते बर्खास्त गरिएका तीन उपाध्यक्ष र सदस्यलाई जेठ १० गते भित्र पूर्नबहाली गरिसक्न एन्फालाई निर्देशन दिएको थियो । एन्फाको पत्रको जवाफ दिदै क्रममा फिफाले साधारण सभा र अध्यक्षको निर्वाचन गर्न पुनः जोड दिएको छ । वैशाख २७ मा पनि फिफाले अढाइ बर्षदेखि हुन नसकेको साधारण सभा छिटो भन्दा छिटो गर्न र त्यसबाट अध्यक्षको निर्वाचन गर्न निर्देशन दिएको थियो ।
एन्फा अध्यक्ष गणेश थापाको उजुरी फिफाको अपिल कमिटीले पूर्ण रुपमा खारेज गरेको दुई सातापछि फिफाले अध्यक्षको निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको थियो । थापालाई फिफाको एथिक्स कमिटिले कात्तिक २९ गते भ्रष्टाचारको अभियोगमा १० बर्ष प्रतिबन्ध गर्नुका साथ करिब २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]