6 years ago
June 24, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा अर्जेन्टिनाले कतारलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो ।
खेलअघि कतारको पनि दोस्रो चरणमा पुग्ने सम्भावना रहेको थियो । तर लौटारो मार्टिनेज र सर्जियो अगुएरोले दुवै हाफमा १-१ गोल गरेपछि अर्जेन्टिना अघिल्लो चरणमा पुगेको थियो । कतार भने अंक तालिकाको पुछारमा रहँदै समूह चरणबाट बाहिरिएको छ । कतारका प्रशिक्षक फेलिक्स सान्चेजले खेलपछि बोल्दै मेस्सीसँग खेल्नुले टोलीको लागि राम्रो अनभव रहेको बताएका छन् ।
‘अवश्य पनि मेस्सीजस्ता खेलाडीले खेलको नतिजा बदल्न सक्छन् । कहिले गोल त कहिले असिस्टको सहयोगले । हामीले उनीलाई आउने पास नै रोक्ने प्रयास गरेका थियौं जसले गर्दा उनले खेलमा सहभागी हुने मौका नपाउन् । तर त्यो गर्न सहज थिएन किनकि उनले मैदानका धेरै भागमा प्रभाव पार्न सक्छन्,’ उनले भने ।
‘ हाम्रो योजना अनुसार मेस्सीले गोल गर्न त सकेनन् तर हामीले २ गोल भने खायौं । मेस्सीले गोल नगरेपनि नतिजा भने हाम्रो पक्षमा रहेन । तर उनीसँग खेल्नु हाम्रो लागि राम्रो अनुभव रहयो । विश्वका सबैभन्दा निर्णायक खेलाडीसँग खेल्दा हाम्रो टोलीले भविष्यमा सुध्रने पक्षहरु भेटेको छ,’ बार्सिलोनाको युवा टोलीका प्रशिक्षक रहिसकेका सान्चेजले थपे ।
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]
February 21, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनलमा मिलन राईको २ गोलमा भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २- १ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि भुटानका पुष्पलाल तेन्द्रेल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बुटवल लुम्बिनीले प्रेस विज्ञप्ति जारी गर्दै शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । पछिल्लो केही वर्षयता भुटानको पारो एफसीको सफलतामा महत्वपुर्ण योगदान दिएका उनी नेपाली फुटबलमा पनि परिचित छन् […]