6 years ago
June 24, 2019
एजेन्सी – ब्राजिलमा जारी कोपा अमेरिका २०१९ को समूह ‘बी’ मा कोलोम्बियाले लगातार तेस्रो जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।
समूहको अन्तिम खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै कोलोम्बियाले शीर्षस्थान पक्का गरेको हो । कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे । उनले ३१ औं मिनेटमा सान्टियागो आरियासको पासलाई सदुपयोग गर्दै कोलोम्बियालाई अग्रता दिलाएका थिए कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे । यस पराजयसँगै पाराग्वे भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।
अर्को खेलमा अर्जेन्टिनाले कतारलाई २-० ले पराजित गर्दै समूह उपविजेताको रुपमा दोस्रो स्थान पक्का गर्यो । खेलको चौथो मिनेटमा नै अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गरेका थिए । दोस्रो हाफको ८२ औं मिनेटमा सर्जियो अगुएरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दो अर्जेन्टिनाको जित पक्का गरे ।
समूह ‘बी’ मा कोलोम्बियाले ३ खेलमा ३ जितसहित ९ अंक जोड्दा अर्जेन्टिनाले ३ खेलमा १ जित, १ १ हार र १ बराबरीसँगै ४ अंक जोड्यो । कोलोम्बियाले पहिलो खेलमा अर्जेन्टिनालाई २-० ले पराजित गरेको थियो । पाराग्वेले ३ खेलमा २ तथा कतारले १ अंक जोडेको छ । अन्य समूहको खेल सकिएपछि पाराग्वे उत्कृष्ट दुइ तेस्रो टोलीमा परेर दोस्रो चरणमा पुग्ने सम्भावना कायम छ ।
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]
February 21, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनलमा मिलन राईको २ गोलमा भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २- १ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि भुटानका पुष्पलाल तेन्द्रेल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बुटवल लुम्बिनीले प्रेस विज्ञप्ति जारी गर्दै शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । पछिल्लो केही वर्षयता भुटानको पारो एफसीको सफलतामा महत्वपुर्ण योगदान दिएका उनी नेपाली फुटबलमा पनि परिचित छन् […]