6 years ago
June 21, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा जापान र उरुग्वे बराबरीमा रोकिएका छन् । एसियाली राष्ट्र जापानले खेलमा दुई पटक अग्रता लिएपनि जोगाउन नसक्दा उरुग्वेसँग २-२ को बराबरीमा रोकिएको हो ।
जापानले खेलको २५ औं मिनेटमा अग्रता लिएको थियो । गाकु शिबाशाकीको लामो पासलाई कोजी मियोशीले सदुपयोग गर्दै गोल गरेका थिए । तर त्यसको ५ मिनेटमा नै उरुग्वेले गोल फर्कायो । नाओमिची उएडाले पेनाल्टी क्षेत्रभित्र एडिन्सन काभानीलाई लडाएपछि प्राप्त पेनाल्टीमा लुइस सुआरेजले सहजै गोल गरे ।
खेल बराबरीमा ल्याएको दुई मिनेटमै उरुग्वेले अग्रता लिने अवसर गुमायो । काभानीले २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारमा लागेर फर्केपछि खेल १-१ को स्थितिमा रहयो । त्यसअघि खेलको सुरुवाती समयमा पनि काभानीको प्रहारलाई जापानी गोलरक्षक एजी कवाशिमाले बचाएका थिए ।
दोस्रो हाफको ५९ औं मिनेटमा जापानले पुन: अग्रता लियो । गोलरक्षक फर्नान्डो मुस्लेराले सहज क्रसलाई सम्हाल्न नसक्दा फर्केर आएको बललाई मियोशीले गोलमा परिणत गर्दै आफ्नो व्यक्तिगत दोस्रो गोल गरे । त्यसको केहि मिनेटमा नै सुआरेजले गरेको शक्तिशाली प्रहारलाई कावाशिमाले विफल पारे ।
६६ औं मिनेटमा उरुग्वेले फेरी खेल बराबरीमा ल्यायो । निकोलस लोडीएरोको कर्नरमा जोसे जिमिनेजले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । ८० औं मिनेटमा उरुग्वेको गोल गर्ने मौकामा क्रसबार बाधक बन्यो । मार्टिन कसेरेसको क्रसमा गोलरक्षक बिट भएको अवस्थामा सुआरेजको हेडर क्रसबारमा लगेर फर्कियो । खेलको इन्ज्युरी समयमा पनि सुआरेजको प्रहार थोरैले बाहिरिंदा दुवै टोली अंक बाँड्न बाध्य भए ।
यस बराबरीसँगै उरुग्वे २ खेलमा ४ अंक जोडेर अंक तालिकाको शीर्षस्थानमा छ । जापानले भने पहिलो अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । १ खेल खेलेको चिली ३ अंकसाथ दोस्रो र अंकविहिन इक्वेडर पुछारमा छ ।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’ले दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सल्लाघारीको सैनिक आवासीय महाविद्यालयलाई बिहीवार ५-० ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।सैनिकका इसान तामाङ प्लेयर अफ दि म्याच घोषित भए। विजेता टोलीले ६० हजार रुपैयाँसहित रनिङ्ग ट्रफी प्राप्त गर्यो । दोस्रो सैनिक […]
February 20, 2025
हिमाल खरेल,भद्रपुर झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १-० ले पराजित गर्दै झापा ११ अन्तिम आठमा पुगेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको […]
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो। […]