6 years ago
June 18, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले फ्रान्सेली मिडफिल्डर पल पोग्बालाइ क्लबमा अनुबन्ध गर्ने माग राखेका छन् । रियलले यस सिजनका लागि ५ खेलाडी अनुबन्धन गरिसकेको अवस्थामा जिदानले अन्तिम खेलाडीको रुपमा पोग्बाको माग गरेका हुन् ।
रियलले यस सिजन चेल्सीबाट इडेन हाजार्डलाई मुख्य खेलाडीको रुपमा झन्डै ९० मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । त्यसबाहेक सर्बियाली युवा फरवार्ड लुका जोभिच, ब्राजिलियन डिफेन्डर एडर मिलिसाओ, ब्राजिलियन विङ्गर रोड्रीगो र फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डी पनि टोलीमा सामेल भइसकेका छन् । जिदानले रियलको जिम्मेवारी लिएसँगै टोलीलाई नयाँ स्वरुपमा ढाल्न खोजिरहेका छन् र त्यसका लागि पोग्बा मुख्य पात्र बन्न सक्छन् ।
जिदानले सिजन सुरु हुनुभन्दा अगाडी रियलको मैत्रीपूर्ण खेलका लागि नै सबै खेलाडी तयार पार्ने तयारी गरेका छन् । रियलले जुलाई पहिलो साता क्यानडामा मैत्रीपूर्ण खेल खेल्दैछ । जिदानले उक्त खेलअघि नै पोग्बाको ट्रान्सफर पूरा गरेर उनलाई छुट्टि दिने योजना बनाएका छन् । पोग्बालाई क्लबमा भित्र्याउने क्रममा रियलले युनाइटेडलाई हामेस रोड्रीग्वेजको पनि प्रस्ताव राख्ने सम्भावना रहेको छ । हामेस जिदानको रोजाइमा नरहेको र युनाइटेडलाई त्यसै किसिमको खेलाडी आवश्यक रहेकाले सम्झौता हुने सम्भावना रहेको छ ।
रियलले यस सिजन थुप्रै खेलाडीलाई बेच्नुपर्ने अवस्था पनि छ । हालसम्म अनुबन्धित खेलाडीमा झन्डै ३ सय ५० मिलियन पाउण्ड खर्च गरेका कारण रियलले अन्य बेन्चका खेलाडीलाई बेच्ने तयारी गरेको छ । केहि खेलाडी युरो यू-२१ च्याम्पियनसिपमा पनि सहभागी रहेकाले रियल ति खेलाडीको भाउ बढ्नेमा आशावादी रहेको छ ।
February 19, 2025
एजेन्सी –जर्मनीको बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। स्कटल्याण्डको सेल्टिकसँग मंगलवार प्ले अफको दोस्रो लेगमा १-१ को बराबरी खेल्दै बायर्नले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो। इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि बायर्न सेल्टिकसँग १-१ को बराबरी गरेको हो। पहिलो लेगमा २-१ ले विजयी भएको बायर्न समग्रमा ३-२ को अग्रतासहित अघि बढेको […]
February 18, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि राष्ट्रिय फुटबल टोलीका सदस्य समिर तामाङलाई मार्की खेलाडी बनाएको छ। पोखराले मंगलवार समिरलाई मार्की खेलाडी अनुबन्ध गरेको जनाएको छ । नेपाली यु १९ टोलीबाट खेलिसकेका समिरलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पेको बताइएको छ। समिर एनएसएलमा पहिलो पटक मार्की खेलाडी […]
February 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने केपी ओली फुटबल प्रतियोगिताको मंगलवार खेल तालिका सार्वजनिक भएको छ। आहा! रारा पोखरा गोल्डकप विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपिएफबिच उद्घाटन खेल हुनेछ। त्यो खेलको विजेताले क्वाटरफाइनलमा संकटा क्लबको सामना गर्नेछ। नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहनेछ। फागुन १२ र १३ […]