9 years ago
May 22, 2016
वेम्ब्लीमा क्रीस्टल प्यालेसलाई २-१ ले हराउदै म्यान्चेस्टर युनाइटेड इङ्लिश एफए कपको उपाधि जित्न सफल भएको छ । यो म्यान्चेस्टर युनाइटेडलाई ३ बर्ष यताको पहिलो उपाधि हो ।
जेसोन पुन्चेन्को ७८ औ मिनेटको गोलले क्रीस्टल प्यालेसले अग्रता लिए पनि माटाको ३ मिनेट पछीको जवाफले युनाइटेड खेलमा फर्किएको थियो ।
क्रीस्टल प्यालेसले खेलको अतिरिक्त समयमा गोल गर्दै युनाइटेडलाई उपाधिबाट बन्चित गर्ने मौका त पाएको थियो तर गेलको प्रहारमा डि गेको उत्कृस्ट बचाउले खेल थप ३० मिनेट तिर लम्कियो ।
स्मलिङको दोस्रो पहेलो कार्ड संगै १० खेलाडीमा सिमित रहेको युनाइटेअड्ले ११०औ मिनेटमा लिङ्गार्ड्को गोलमा क्रीस्टल प्यालेसलाई निराश पार्न सफल भयो ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]