6 years ago
June 17, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा एसियाली च्याम्पियन कतारले पाराग्वेलाई २-२ को बराबरीमा रोकेको छ ।
एक समय २-० ले पछाडी परेको कतारले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै कोपा अमेरिकामा पहिलो अंक जोडेको हो । खेलको चौथो मिनेटमा ओस्कार कार्डोजोले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । कतारले त्यसपछि लगातार आक्रमण बुनेपनि गोल गर्न भने सकेन । फरवार्ड अल्मोएज अलीले सुवर्ण अवसर गुमाउँदा कतार खेलमा फर्कन सकेन ।
दोस्रो हाफमा पाराग्वेले अग्रता दोब्बर पार्यो । डेरिस गोन्जालेजले ५६ औं मिनेटमा लामो दुरीबाट गरेको प्रहार सिधै गोलमा परिणत भएपछि कतार हारतर्फ उन्मुख भएको थियो । त्यसअघि कार्डोजोले व्यक्तिगत दोस्रो गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताले त्यसलाई मान्यता दिइएको थिएन ।
खेलको ६८ औं मिनेटमा कतारले खेलमा फर्कने बाटो बनायो । अल्मोएजले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै कतारलाई खेलमा फर्काए । त्यसको ८ मिनेटपछि पाराग्वेका गोलरक्षक रोबर्ट फर्नान्डेजले गल्ति गर्दा बौलेम खौखीको प्रहार गोलमा परिणत भएको थियो । खेलको अन्त्यतिर पाराग्वेका माटियास रोजासले अग्रता दिलाउने अवसर गुमाएपछि खेल बराबरीमा सकियो ।
समूह ‘बी’ मा कोलोम्बिया ३ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । कतार र पाराग्वे १-१ अंकसहित संयुक्त दोस्रो स्थानमा रहँदा अंकविहिन अर्जेन्टिना पुछारमा रहेको छ । अब कतारले कोलोम्बियासँग खेल्ने छ भने पाराग्वेले अर्जेन्टिनाको सामना गर्नेछ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]