6 years ago
June 14, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ को उद्घाटन खेलमा घरेलु टोली ब्राजिलले बोलिभियाको सामना गर्दैछ । नेपाली समयानुसार खेल सोमबार विहान ६:१५ बजे सुरु हुनेछ ।
ब्राजिल घरेलु मैदानमा १२ वर्ष लामो उपाधिको प्रतिक्षालाई पूरा गर्न चाहन्छ । तर चोटका कारण सुपरस्टार नेयमार बाहिरिनुले टोलीलाई केहि असर परेको छ । कागजमा हेर्दा ब्राजिल निकै बलियो टोली देखिन्छ । प्रशिक्षकटिटेले जिम्मेवारी सम्हालेयता ब्राजिलले निकै राम्रो प्रदर्शन गर्दै आएको छ । बोलिभियाविरुद्ध ब्राजिललाई सहज जित दर्ता गर्दै सुखद सुरुवात गर्ने लक्ष्य हुनेछ ।
यो पढ्नुहोस : नेयमारबिना ब्राजिलले उपाधि जित्ने ३ कारण
हालसम्म ब्राजिल र बोलिभियाले २९ खेल खेलेका छन् । जसमा ब्राजिलले २० खेल जितेको छ भने बोलिभिया ५ खेलमा विजयी रहेको छ । ४ खेल बराबरीमा सकिएका छन् । ब्राजिलले खेलेका पछिल्लो ५ खेलमा ४ जित र १ बराबरी खेलेको छ । यता बोलिभिया भने पछिल्ला ५ खेलमा जितविहिन रहँदै ३ हार र २ बराबरीको नतिजा रहेको छ ।
सम्भावित सुरुवाती ११ :
ब्राजिल – एलिसन, थियागो सिल्भाम मार्किन्हस, एलेक्स स्यान्ड्रो, ड्यानी आल्भेस, क्यसेमिरो, आर्थर, डेविड नेरेस, फिलिपे कोउटिन्हो, रिचार्लीसन, ग्यब्रीएल जेसस
बोलिभिया – रुबेन कोर्डानो, लुइस हाकिन, डिएगो बेजारानो, मर्भिन बेजरानो, एड्रियान जुसिनो, आल्हान्द्रो कुमचेरो, एर्विन सवेद्र, लिओनेल जस्टिनानो, स्यामुएल गलिन्दो, राउल क्यास्ट्रो, गिल्बर्ट अल्भारेज
यो पढ्नुहोस : नेपाली समयमा कोपा अमेरिकाको सम्पूर्ण खेल तालिका
January 23, 2025
एजेन्सी- साविक विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगमा बुधवार जित हासिल गरेको छ। रियललेसाल्सबर्गलाई ५-१ ले पराजित गर्यो । रोड्रिगो र भिनिसियस जुनियरले समान २ र केलियन एम्बाप्पेले१ गोल गरे । रोड्रिगोले २३ औं र ३४ औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमा २-० को अग्रता बनायो। एमबाप्पेले ४८ औं मिनेटमा गोल गरे। जुनियरले ५५ औं […]
January 22, 2025
काठमाडौं( हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत लिगको अन्तिम खेलमा एपिएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले हराएको छ। एपिएफ लगातार आठौं जित निकाल्न सफल रहयो। जारी लिगमा आर्मी एपिएफसँग हारेको यो तेस्रो पटक हो। सातदोबाटो स्थित एन्फा खेल मैदानमा भएको खेलमा पहिले अग्रता एपिएफले बनायो। २३ औं मिनेटमा प्रीती राईको […]
January 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा महिला लिग अन्तर्गत प्लेअफ चरणको खेलहरुको समय पुन: परिवर्तन गरेको छ । यसअघि एन्फाले अन्तिम चरणको खेल तालिका सार्वजनिक गर्दा प्लेअफ चरणका सम्पूर्ण खेलहरु दशरथ रंगशालामा गर्ने सार्वजनिक गरेको थियो । प्लेअफका सबै खेल दिउँसो २ बजे गर्ने एन्फाले तोकेको थियो । तर दशरथ […]