default_image

5 years ago

June 13, 2019

रामोसद्वारा रोनाल्डोलाई बेवास्ता

77 views

0 Bookmark

सेभिल्ला (एजेन्सी)– स्पेन एवंम् रियल म्याड्रिडका कप्तान सजियो रामोस विवाह बन्धनमा बाधिने तयारीमा छन् । साताको अन्त्यमा रक्षक रामोसले प्रमिका पिला रोवियोसँग सेभिल्लामा विवाह गर्दैछन् । विवाहमा उनले कस कसलाई निम्ता पाठाएका छन् वा छैनन् भन्ने विषय चर्चामा छ ।

इंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्याम र उनी श्रीमति भिक्टोरिया बेकह्यामलाई पनि उनले निम्ता पाठाइरहेका छन् । यहाँ सम्मकी व्यक्तिगत रुपमा सम्बन्ध चिसो भएका जेरार्ड पिके र उनी श्रीमति साकिरालाई पनि बोलाएका छन् ।

तर, उनले लामो समय रियलमा सँगै बिताएका क्रिस्टियानो रोनाल्डोलाई भने निम्ता गरेका छैनन् । उनलाई निम्ता नगर्नुको कारणमा यी दुई खेलाडीबीचको पछिल्लो समयको तिक्ततालाई लिइएको छ । ९ वर्ष रियलमा बिताएका रोनाल्डो गत सिजन नयाँ चुनौतिका लागि भन्दै इटालियन क्ल्ब युभेन्ट्स गएका थिए ।

क्लबमा हुँदा राम्रो सम्बन्ध भएपनि रोनाल्डोले रियल छाडेपछि उनीहरुको दुरी बढेको अनुमान गरिएको छ । रामोसको विवाहमा रियल प्रशिक्षक जिनेदिन जिदान सहभागी हुने अपेक्षा गरिएको छ । रोमोसको गिर्जाघरमा विवाह हुनेछ । जसमा विभिन्न ब्याडले सांगीतिक प्रस्तुती दिनेछन् ।

November 20, 2024

ग्वार्डिओला अर्को वर्ष पनि सिटीमै रहने

एजेन्सी –  प्रशिक्षक पेप ग्वार्डिओला म्यानचेस्टर सिटीसँग सम्झौता एक वर्ष थप्न राजी भएका छन् । यद्दपी सिटीले सम्झौताका‌ बारेमा बताउन नचाहेपनि विभिन्न श्रोतबाट ग्वार्डिओला अर्को एक वर्ष टोलीमा रहन सहमत भएको सन्चारमाध्यमले उल्लेख गरेका छन्। योसँगै स्पेनिस प्रशिक्षकको सिटी बसाई १० वर्ष पुग्नेछ।५३ वर्षे ग्वार्डिओला सन् २०१६ मा सिटीमा आबद्ध भएका थिए। उनको नेतृत्वमा टोलीले […]

November 20, 2024

ब्राजिल र उरुग्वेले बराबरी खेले

एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वे बराबरी खेलेका छन् । उरुग्वे र ब्राजिललाई बुधवार बिहान भएको खेलमा १-१ को बराबरीमा खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । ५५औं मिनेटमा भाल्भेर्डेको गोलमा उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । […]

November 20, 2024

अर्जेन्टिना विश्व कपमा छनोट

एजेन्सी – लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना पेरुलाई पराजित गरेसँगै फिफा विश्व कप २०२६ का लागि छनोट भएको छ । घरेलु मैदान ब्यूनस आयर्समा बुधवार पेरुलाई १-० ले पराजित गरेलछि साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्ने गरेको हो । यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २५ अंक पुगेको छ । १० टोलीको […]

Success

Thank you for your time.