default_image

6 years ago

June 12, 2019

कोपा अमेरिका : शीर्षस्थानको उरुग्वेलाई पछ्याउँदै ब्राजिल र अर्जेन्टिना

74 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका दक्षिण अमेरिकी राष्ट्रहरुले खेल्ने महादेशीय प्रतियोगिता हो । यस प्रतियोगिताको ४६ औं संस्करण शुक्रबारदेखि ब्राजिलमा सुरु हुँदैछ । नेपाली समयानुसार खेल तालिका हेर्न यहाँ थिच्नुहोस ।

हालसम्म सम्पन्न ४५ संस्करणमध्य उरुग्वेले सर्वाधिक १५ पटक उपाधि हात पार्दै सर्वाधिक सफल टोलीको रुपमा आफूलाई उभ्याएको छ । सन् १९१६ मा सुरु भएको प्रतियोगिताको पहिलो संस्करण अर्जेन्टिनामा आयोजना गरिएको थियो । उक्त प्रतियोगिताको फाइनलमा उरुग्वेले घरेलु टोलीलाई स्तब्ध पार्दै उपाधि जित्यो । उरुग्वेले लगातार दुई पटक उपाधि जित्दा ब्राजिलले तेस्रो तथा अर्जेन्टिनाले पाँचौ संस्करणमा उपाधिको खाता खोले ।

सर्वाधिक उपाधि जित्ने सुचिमा अर्जेन्टिनाले उरुग्वेलाई कडा चुनौती दिइरहेको छ । अर्जेन्टिना १४ उपाधि जित्दै उरुग्वेभन्दा १ उपाधिले पछाडी परेको छ । यसपटक अर्जेन्टिनाले उपाधि संख्या बराबर गर्ने लक्ष्य राख्नेछ । तेस्रो स्थानको ब्राजिलले ८ पटक उपाधि जितेको छ । पाराग्वे, चिली र पेरुले २-२ पटक उपाधि जितेका छन् भने कोलम्बिया र बोलिभियाले १-१ पटक उपाधि सफलता प्राप्त गरेका छन् ।

चिलीले सन् २०१५ र २०१६ मा आयोजित पछिल्लो दुवै संस्करणमा अर्जेन्टिनालाई टाइब्रेकरमा पराजित गर्दै उपाधि उचालेको हो । सामान्यतया ४-४ वर्षको अन्तरालमा हुने यस प्रतियोगिताको सन् २०१६ संस्करण भने कोपा अमेरिका सुरु भएको शतवार्षिकी मनाउन आयोजना गरिएको थियो ।

अर्जेन्टिनाले सन् १९९३ यता कोपा अमेरिका उपाधि जित्न सकेको छैन । त्यसयता ब्राजिलले ४ पटक, उरुग्वे र चिलीले २-२ तथा कोलोम्बियाले १ पटक उपाधि जिते । पछिल्लो ५ संस्करणमा अर्जेन्टिना ४ पटक फाइनलमा पराजित भएको छ । त्यसमध्ये २ पटक चिली र २ पटक ब्राजिल फाइनलमा बाधक बनेका थिए ।

नेपाली समयानुसार खेल तालिका हेर्न यहाँ थिच्नुहोस ।

February 13, 2025

ब्राइट होराइजन र सैनिक आवासीय सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]

February 13, 2025

एनएसएल – छाड्ने २, खेल्ने ७

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]

February 13, 2025

एनएसएल अक्सनको मिति तय

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]

Success

Thank you for your time.