9 years ago
May 17, 2016
इंग्ल्याण्डका म्यानेजर रोय हज्सनले आगामी जुन १०बाट सुरु हुने युरो २०१६का लागि आफ्नो टोलीको नाम सुनाएका छन्|
केहि खेलाडी भर्खरै चोटबाट फर्किएको र उनीहरुको स्थिति अध्ययन गर्नुपर्ने हुनाले हाललाई २६ खेलाडीको नाम सुनाइएको छ| प्रतियोगिताको लागि प्रत्यक टोलीले २३ खेलाडीको नाम बुझाउनु पर्ने प्रावधान रहेको छ|
कप्तान वेन रुनीलाइ आक्रमणमा साथ दिन प्रिमिएर लिगका उच्च गोलकर्ता ह्यारी केन र लिग विजेता लेस्टरका फरवार्ड जेमी भार्डी रहेका छन्| उनीहरुलाई साथ दिन लिभरपुलका ड्यानीएल स्टरिज र म्यानचेस्टर युनाइटेडका मार्कस राश्फोर्ड पनि रहेका छन्|
पुरा टोलि:
गोलरक्षक: जो हार्ट, फ्रेजर फ्रोस्टर, टम हिटन
डिफेन्डर: राएन बर्टर्यान्ड, ग्यारी केहिल, नथनिएल् क्लाइन, ड्यानी रोज, क्रिस समलिङ्, जोन स्टोन्स, काइल वाल्कर
मिडफिल्डर: रस बार्क्ली, डेले अलि, फबियन डेल्फ, एरिक डाएर, ड्यानी ड्रिंकवाटर, जोर्डन हेन्डरसन, एडम लाल्लाना, जेम्स मिल्नर, आन्द्रोस टाउनसेन्ड, ज्याक विल्सिएर, रहिम स्टरलिङ्
फरवार्ड: वेन रुनी, ह्यारी केन, जेमी भार्डी, ड्यानीएल स्टरिज, मार्कस राश्फोर्ड
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]