9 years ago
May 17, 2016
स्पेनका प्रशिक्षक भिसेन्टे डेल बोस्केले आज घोषणा गरेका युरो टोलीमा प्रिमिएर लिग खेल्ने ठुला नाम भएका खेलाडी अटाएनन्|
एत्लेटिको म्याड्रिडका स्ट्राइकर फर्नान्डो टोरेस, चेल्सीका डिएगो कोस्टा र म्यानचेस्टर युनाइटेडका ह्वान माटा सहित आर्सनलका सान्टि कजोर्ला र हेक्टर बेल्लेरिन पनि स्पेनी टोलीमा परेनन्| आगामी जुन १० देखि सुरु हुने युरो २०१६मा स्पेन समूह ‘डी’मा क्रोएसिया, चेक गणतन्त्र र टर्कीसंग खेल्दैछ|
प्रिमिएर लिगमा खेल्ने खेलाडीमा म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेभिड डे हेय, चेल्सीका पेद्रो, सेजर एज्पीलिक्वेटा, सेस फेब्रिग्यास र म्यानचेस्टर सिटीका डेभिड सिल्भा रहेका छन्| बोस्केले एत्लेतिको म्याड्रिडका साउल निगुएज र रियल म्याड्रिडका लुकास भाज्केजलाइ पनि टोलीमा राखेका छन्|
पुरा टोलि:
गोलरक्षक: इकर कसिलास, डेभिड डे हेय, सर्जियो रिको
डिफेन्डर: जोर्दी अल्बा, जेरार्ड पिके, मार्क बार्टरा, सर्जियो रामोस, ड्यानी कर्भाजल, सेजार एज्पिलीक्वेटा, वान्फ्रान
मिडफिल्डर: सर्जियो बुस्केट्स, अन्द्रेस इनीएस्टा, डेभिड सिल्भ, मिकेल सान होसे, कोकेम साउल निगुएज, सेस फेब्रिग्यास, थियागो अलकन्ट्रा, इस्को, ब्रुनो सोरियानो
फरवार्ड: पेड्रो, अल्भारो मोराटा, अरित्ज अदुरिज, नोलितो, लुकास भाज्केज
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]