default_image

9 years ago

May 17, 2016

लेस्टर सिटिका पाँच आश्चर्यजनक तथ्यहरु

80 views

0 Bookmark

लेस्टर सिटि फुटबल क्लब सिजनको सुरुवातमा यति धेरै गुमनाम थियो कि उसको नाम कसैले लिसेस्तर भन्थे त कसैले लिचेस्तर| तर प्रिमिएर लिगको उपाधि जितेसंगै विश्व फुटबललाइ चकित तुल्याएको लेस्टरको पाँच तथ्य यसप्रकार छन्:

Trophy Leicester

  • प्रशिक्षक र्यानेरीको अनुबन्धन

यस सिजनको सुरुवातमा लेस्टर सिटीका प्रशिक्षक नाईजल पिअर्सन थिए| गत सिजन रेलिगेसनको मुखैबाट क्लबलाई बचाएका उनले यस सिजन पनि क्लबलाई सम्हाल्ने लगभग पक्का थियो| तर सिजन सुरु नहुदै लेस्टरका केहि खेलाडीलाइ क्लबले अनुशासन भंग गरेको भन्दै क्लबबाट हटायो| पिअर्सनका छोरा पनि सोहि समुहमा रहेकाले उनले आफैं कला छाडे| उनले क्लब सम्हाल्न नसक्ने बताएपछि र्यानेरिको लेस्टर आएका थिए|

  • लेस्टरका खेलाडीको तलब

लेस्टर सिटीको यस सिजन तलबी खर्च ४८.२ मिलियन पाउण्डस रह्यो| यो अन्य ठुला क्लबको तुलनामा एक चौथाई हुन आऊँछ| चेल्सीले यो सिजन २१५.६ मिलियन पाउण्डस, म्यानचेस्टर युनाईटेडले २०३मिलियन पाउण्डस र आर्सनलले १९२मिलियन पाउण्डस तलबको लागि खर्चेको थियो|

  • लेस्टरको चढाव

गत सिजन १४औं स्थानमा सिजन अन्त्य गरेको लेस्टर यो सिजन च्याम्पीयन भयो| प्रिमिएर लिगको इतिहासमा पछिल्लो सिजन टप ३मा अन्त्य नगरेको बाहेकको टोलीले उपाधि जितेको यो पहिलो अवसर हो| साथसाथै, चेल्सीले १०औं स्थानमा सिजन अन्त्य गरेपछि साविक विजेताले अर्को सिजन गरेको सबैभन्दा नराम्रो प्रदर्शनको रेकर्ड पनि बन्यो|

 

  • लेस्टरको अवमुल्यन

सिजन सुरु हुनुपूर्व लेस्टरको उपाधि जित्ने सम्भावना ५०००/१ थियो| यसका मतलब लेस्टरले उपाधि जित्ने भनेर १ रुपैंया बाजी हाल्नेले ५०००  रुपैंया पाउँथ्यो| तर सिजन चल्दै जाँदा उसको उपाधि जित्ने सम्भावना बढ्दै गयो र अन्त्यमा केहि भाग्यमानी समर्थकले धेरै पैसा जिते| तर जित्नेहरुमा धेरैले गल्तीले सो बाजी राखन पुगेको अभिव्यक्ति दिए|

 

  • लेस्टरको लगातार राम्रो नतिजा

सन्डरल्याण्डलाइ ४-२ले हराऊँदै सिजनको सुरुवात गरेको लेस्टर छैठौं स्थानभन्दा तल कहिल्यै झरेन| पहिलो हप्ता तालिकाको प्रथम स्थानमा रहेको लेस्टर जनवरीमा पुन: माथि चढेपछि तल झरेन र दुइ खेल खेल्नु अगाडीनै लिग जित्न सफल रह्यो|

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.