default_image

6 years ago

June 7, 2019

विश्वकप छनोटः भुटानले गुवामलाई हरायो

87 views

0 Bookmark

एजेन्सी – सन् २०२२ को विश्वकप छनोट अन्तरगतको एसियन क्षेत्रको छनोटको पहिलो चरणमा भुटानले जित निकालेको छ ।

घरेलु मैदान चाङलिमिथाङ राष्ट्रिय रंगशालामा बिहीबार राति भएको खेलमा भुटानले गुवामलाई १–० ले हराएको हो । भुटानको जितमा पहिलो हाफमा छिरिङ दोर्जीले गरेको गोल नै निर्णायक बन्यो । छिरिङले खेलको ३५औं मिनेटमा गोल गरेका थिए । दोस्रो लेग गुवामको मैदानमा ११ जुनमा हुनेछ ।

यता, विश्वकप छनोटको पहिलो चरणमा मंगोलियाले पहिलो जित निकालेको छ । मंगोलियाले ब्रुनाईलाई २–० ले हराउदै विश्वकप छनोटको इतिहासमै पहिलो जित हात पारेको हो ।

मंगोलियाको जितमा नोर्जमोनि सेडेवल र नारानवोल्ड न्याम ओसोरले गोल गरे । दोस्रो लेग ११ जुनमा ब्रुनाईमा हुनेछ ।

विश्वकप छनोटको पहिलो चरणको अन्य खेलको नतिजा
मंगोलिया विरुद्ध ब्रुनाई (–०)
कम्वोडिया विरुद्ध पाकिस्तान (–०)
लाओस विरुद्ध बंगलादेश (०–)
मकाउ विरुद्ध श्रीलंका (–०)

February 13, 2025

थ्री स्टारलाई उज्वेक ब्ल्याक बुल्सको चुनौती

पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो। बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ। जहाँ ५ […]

February 13, 2025

बायर्नको जितमा केनको गोल

एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]

February 13, 2025

रोमाञ्चक खेलमा लिभरपुल रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]

Success

Thank you for your time.