6 years ago
June 7, 2019
एजेन्सी – अतिरिक्त समयमा उपाधिका दावेदारको रुमा हेरिएको इंग्ल्यान्डलाई पराजित गर्दै नेदरल्यान्ड युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
पोर्चुगलमा बिहीबार राति भएको खेलमा नेदरल्यान्डलाई इंग्ल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै फाइनलमा घरेलु टोली पोर्चुगलसँगको भेट पक्का गरेको हो ।
पोर्चुगलले बुधबार राति स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल १० जुनमा हुनेछ ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरित्त समयमा नेदरल्यान्डले दुई गोल गर्दै फाइनल यात्रा तय गरे ।
खेलको ३२औं मिनेटमा इंग्ल्यान्डले मार्कुस रोसफोर्डको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । एक गोलले पछि परेको नेदरल्यान्डले इंग्ल्यान्डलाई दवावमा राखेपनि बराबरी गोलको लागि ७३औं मिनेट कुर्नुपरेको थियो ।
७३औं मिनेटमा म्याथ्थिज डि लिटले बराबरी गोल फर्काउदै नेदरल्यान्डलाई खेलमा फर्काएका थिए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
९७औं मिनेटमा केल वाल्करले गोल गर्दै नेदरल्यान्डलाई २–१ ले अघि बढाए । ११४औं मिनेटमा वैकल्पिक खेलाडी क्वीन्सी प्रोमेसले गोल गर्दै नेदरल्यान्डलाई ३–१ को जित दिलाउदै फाइनल यात्रा तय गराए ।
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो। बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ। जहाँ ५ […]
February 13, 2025
एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]
February 13, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]